सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको १५ औं केन्द्रीय महाधिबेशन हुम्ला जिल्लाबाट छनौट भएका महाधिबेशन प्रतिनिधिहरु ४१ जना छनौट भएका छन । केन्द्रीय महाधिबेशनका लागि प्रतिनिधिका रुपमा ती नामहरु छनौट गरेको हो ।
नेपाली काँग्रेस हुम्लाका अनुसार हुम्लाबाट काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधिहरुमा जीवन बहादुर शाही, जयपति रोकाया, पदमबहादुर लामा, कर्णबहादुर रावल, मोहन बिक्रम सिंह, बसन्त रोकाया, अर्जुन महतारा, प्यारीलाल शाही, ठानबहादुर रोकाया, तकदिर लामा, विजया बोहरा, शुशिला भाम रोकाया, शुशिला शाह, माया लामा, दत्त बुढा, रामबहादुर टमटा, सर्जन भण्डारी, विजय लामा, धर्मराज जोसी, जितबहादुर बुढा, राम शाही, मैना बुढा, धनराज शाही, मानदेव शाही, रामबहादुर भण्डारी रहेका छन् । त्यसैगरि अन्य महाधिबेशन प्रतिनिधिहरुमा बबिता शाही, तारा चन्द, रम्भा शाही, मिमबहादुर तामाङ, काछोमु लामा, मक्क सुनार, हिराकला परियार रहेका छन । त्यसैगरि प्रदेश क्षेत्र क बाट कर्णजंग शाही र खवाट भरतजंग शाही पनि पदेश महाधिबेशन प्रतिनिधि रहेका छन् । त्यसैगरि सात वटा गाउँपालिका सभापतिमा नाम्खा गाउँपालिकाबाट पेमा लामा, सिमकोट गाउँपालिकाबाट बलविर शाही, खार्पुनाथ गाउँपालिकाबाट बसन्त शाही, सर्केगार्ड गाउँपालिकाबाट सुवास रावत, चंखेली गाउँपालिकाबाट धननजय भण्डारी, अदानचुली गाउँपालिकाबाट जीवन बुढा र ताँजाकोट गाउँपालिकाबाट रणबहादुर रिठ्याल पदेश महाधिबेशन प्रतिनिधिका रुपमा रहेका छन् ।
फोटो क्याप्सन
हुम्ला जिल्लाबाट काँग्रेस महाधिबेशन प्रतिनिधिहरु ।
तस्बिर ः सि.टा.










