सि.टा. समाचरादाता
सिमकोट । हाल काठमाडौंमा जारी रहेको नेपाली काँग्रेसको पन्द्रौ महाधिबेशनमा पिछडिएको कलस्टरमा सहमहामन्त्रीमा पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहित सात जनाको उम्मेदवारी परेको छ । अहिले राती साँढे छ वजेसम्म सात जना उक्त कलस्टरमा उम्मेदवारी दर्ता भएको हो ।
पिछडिएका कलस्टरबाट पुर्वमुख्यमन्त्री शाही सहित अन्य छ जनाको मनोनयव दर्ता भएको निर्वाचन मण्डलको सचिवालयले जनाएको छ । सो पदमा मनोनयन दर्ता गर्ने अन्य उम्मेदवारमा कर्णबहादुर बुढा, जनकराज गिरी, मिनबहादुर भाम, नारायण प्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट रहेको छ । निर्वाचन मण्डलको सचिवालयले उम्मेदवारी दर्ताको समय अहिले सात वजेसम्म थपेको छ ।
समाचार राजनीति










