सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट बजारमा सञ्चालनमा रहेको मासु पसलहरुको अनुगमन गर्ने कार्य भएको छ । अनुमगनका क्रममा ती मासु पसलहरुको अवस्था निक्कै सुधार गर्नु देखिएपछि एक पटकका लागि सुधारका सुझाव दिने कार्य गरिएको हो ।
असोज २२ गते बिहीबार २२ सिमकोट गाउँपालिका– ५ र ६ बजार क्षेत्रमा सञ्चालन गरिएका मासु पसलहरुको अनुगमन गर्ने कार्य भएको सिमकोट गाउँपालिका पशु शाखाका पशु चिकीत्सक आसिस आचार्यले बताए । अनुगमनका क्रम मासु पसलेहरुले सरसफाईमा ध्यान नदिएको, दर्ता भएपनि नविकरण नगरिएको, मासु र अन्य सामाग्री संगै राखेर बिक्री गर्ने गरिएको जस्ता गर्न नहुने पक्ष देखिएको उनले बताए । पहिले भन्दा धेरै सुधार भएको भएपनि अझै सिमकोटका मासु पसलहरुलाई निक्कै सुधार गर्न आवश्यक रहेको उनको भनाई छ । एक पटकका लागि सुझाव दिने कार्य अनुमगनका क्रममा गरिएको र अर्को पटक यसरी अनुगमन गर्दा सोही गल्ती दोहोरिएको पाईए कानून अनुसार कारवाही प्रकृया अगाडी बढ्ने उनले बताए । सिमकोट गाउँ कार्यपालिकाको आयोजनामा अनुमगन कार्यमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य संघ हुम्ला, प्रहरी प्रशासन, पत्रकार महासंघ लगायतको सहभागितामा १३ वटा मासु पसलहरूको अनुगमन गरिएको हो ।
फोटो क्याप्सन
मासु पसलको अनुगमन गर्दै टोली ।
समाचार र्राष्ट्रिय










