सि.टा. समाचारदाता
सिमकोट । हाल काठामाडौको खुल्ला मञ्च र राष्ट्रिय सभा गृहमा नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको निर्वाचनको समयावधी थप गरिएको छ । यसअघि साँझ पाँच वजेसम्म मतदानको समय निर्धारण गरिएकोमा त्यसलाई थपेर साँझ सात वजेसम्म समय थपिएको हो ।
नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न हुन गई रहेको गई रहेको १५ औं महाधिबेशन अन्र्तगत नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको निर्वाचन प्रकृया अन्र्तगतको मतदान कार्यको समयावधी साँझ सात वजेसम्म थपिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए । यसअघि बेलुका पाँच वजेसम्मका लागि समय थपिएकोमा त्यसलाई वढाएर अहिले सात वजेसम्म समय थपिएको हो । मतदान कार्य जारी रहेकोले समयावधी थपिएको हो । अहिले पनि राष्ट्रिय सभागृह र खुल्ला मञ्चमा मतदाताहरु लाईनमा वसेर मतदान गर्ने कार्य भई रहेको छ । मतदाताको लाईन हेर्दा अझै समय थपिने देखिएको छ ।
फोटो क्याप्सन
खुल्ला मञ्चमा मतदानका लागि लाईनमा वसेका हुम्लाका मतदाता
समाचार राजनीति










