- सि.टा समचारदाता
सिमकोट । पबित्र धार्मिक स्थल खार्पुनाथ शिबालयको पर्यटकीय पुर्बाधारको अधिकाँस काम सम्पन्न भएपनि भुक्तानी हुन सकेको छैन् । बहुबर्षीय योजना भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट आउनु पर्ने बजेट समय मै र सम्झौता अनुसार नआएपछि कामको जिम्मा लिएको निर्माण कम्पनीले उधारोमा काम गर्नु परेको हो ।
खार्पुनाथ शिबालय क्षेत्रको पर्यटकीय पुर्बाधार बिकासको निर्माण कार्य अधिकाँस सम्पन्न भएको र त्यो पनि उधारोमा काम भएको निर्माणको जिम्मा पाएको धर्म एस ज्याम्छुक जेभीका प्रतिनिधि कृष्ण हमालले बताए ।
आर्थिक वर्ष ०७८।०७९मा शिवालयमा पर्यटन पुर्बाधार निर्माणको लागि उक्त जेभीसंग सम्झौता भएर आव ०८०।०८१ को असार मसान्तमा सक्नु पर्ने थियो । उनले पर्यटकीय पुर्बाधार बिकासको पन्चानब्बे प्रतिशत काम सम्पन्न भई सकेको र बाँकी काम पनि हाल भई रहेकोले भदौ महिनामा सम्पन्न हुने बताए । अब बाँकी काम चौरमा ढुङ्गा बिछ्याउने मात्र रहेको छ । यसमा दुबैतिर शिवालयमा जाने बाटो ढलान, रेलिङ लगाउने, टापुमा पार्क निर्माण, शिबको मन्दिर निर्माण, चौर सम्याउने, ग्याविन लगाउने कार्य पुरा भएको छ ।
मन्त्रालयबाट आउनु पर्ने बजेट समय मै आएको भए काम पनि निर्धारित मिति भन्दा अगाडी नै सकिने भएपनि बजेट नआएको कारण सामाग्री जुटाउन पनि कठिन हुँदा काममा ढिलाई भएको उनले बताए । लागत उल्लेख गरेर योजना सम्पन्न गर्ने गरि खार्पुनाथ गाउँपालिकाले सम्झौता गरेको भएपनि वर्षेनी न्यून बजेट मन्त्रालयबाट ब्यवस्था हुँदा आफ्नो लगानी फस्नुका साथै कतिपय काम उधारोमा समेत भएको छ । यो योजना गाउँपालिकाले तीस र मन्त्रालयले सत्तरी प्रतिशत बजेटको ब्यवस्था गर्ने गरि लागत साझेदारीमा काम गर्नु पर्ने हो । यसका लागि कुल लागत चार करोड ७५ लाखमा निर्माण कम्पनीसंग सम्झौता भएको थियो । धेरै काम सम्पन्न गरेको भएपनि हालसम्म निर्माण कम्पनीले एक करोड चौरानब्बे लाख मात्र भुक्तानी पाएको भएपनि अरु भने बाँकी नै रहेको छ ।
यस कामका लागि गाउँपालिकाले एक करोड पचास लाख लागत साझेदारी गर्नु पर्नेमा हालसम्म एक करोड ३७ लाख निकासा दिएको भएपनि अझै १३ लाख रुपियाँ पालिकाले भुक्तानी दिन बाँकी नै छ । मन्त्रालयले दिनु पर्ने तीन करोड पच्चीस लाखमा हालसम्म ५७ लाख मात्र निकासा आएको र अझै दुई करोड ८१ लाख आउन बाँकी रहेको छ । गाउँपालिका प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही मन्त्रालयले वर्षेनी थोरै बजेट मात्र ब्यवस्था गर्ने भएको कारण शिवालय क्षेत्रमा पर्यटकीय पुर्बाधार बिकासको काम ढिलाई हुनका साथै निर्माण कम्पनीले उधारोमा काम गर्नु परि रहेको बताए ।
अधिकाँस काम सकिएको फोटो, भौतिक प्रगति पठाएर बजेटको ब्यवस्था गर्न मन्त्रालयसंग गाउँपालिकाले पत्रचार गर्नुका साथै गाउँपालिकाका जनप्रतिनिधिहरु मन्त्रालयमा डेलिगेशन जाँदा पनि बजेटको ब्यवस्था हुन नसकेको उनको भनाई रहेको छ ।

















