सुर्यज्योति लाईफ इन्सोरेन्सद्धारा अभिकर्ताहरुसंग ब्यवासीक समिक्षा

सि.टा.समाचारदाता
सिमकोट । सुर्यज्योति लाईफ इन्सोरेन्स कम्पनीको भेरी क्षेत्रका दुई वटा शाखाका अभिकर्ताहरुसंग ब्यवसायीक समिक्षा कार्यक्रम आयोजना गरिएको छ । भेरी क्षेत्र अन्र्तगत बिहिबार नेपालगंज र कोहलपुर शाखाका अभिकर्ताहरुसंग सो समिक्षा गरिएको हो ।

दुई वटा शाखाका पचास भन्दा बढी अभिकर्ता र बरिष्ठ अभिकर्ताहरुसंग मासिक ब्यवसायीक समिक्षा कार्यक्रम आयोजना गरिएको भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले बताए । समिक्षा कार्यक्रममा साउन र भदौ महिनामा अभिकर्ताहरुले गरेको आफ्ना ब्यवसायको बारेमा छलफल गरिएको उनले बताए । समिक्षा कार्यक्रममा अभिकर्ताहरुको फाईदा, सेवा र सुबिधाका बारेमा पनि जानकारी गरिएको थियो । त्यसैगरि समिक्षा कार्यक्रममा अभिकर्ताहरुलाई यसअघि मासिक रुपमा प्राप्त गरेका ब्यवसायका आधारमा उपहार समेत प्रदान गरिएको थियो ।

त्यसैगरि असोज महिनाको ब्यवसायीक लक्षका बारेमा पनि छलफल गरिएको थियो । चीप एजेन्सी म्यानेजर गौरव शाहीले सबै अभिकर्ताहरुले बिमाका क्षेत्रमा बिशेष रुपमा लाग्नु पर्ने बताए । कार्यक्रममा कम्पनीका कर्णालि प्रदेश प्रमुख प्रेम प्रसाद अर्यालको सहभागिता रहेको थियो भने कोहलपुर शाखाका प्रबन्धक मिना थापा र नेपालगंज शाखाकी शाखा प्रवन्धक लाससरी खत्रीको पनि उपस्थिती रहेको थियो ।