सि.टा. समाचरादाता
सिमकोट । नेपाल तरुण दल हुम्लाले बिचार गोष्ठी आयोजना गरेको छ । तरुण दललाई सशक्त र सकृय बनाउने उद्धेश्यका साथ सो गोष्ठी आयोजना गरिएको छ ।
नेपाल तरुण दल र अवको आवश्यकता सम्वन्धि बिचारण गोष्ठी तरुण दल हुम्लाले आयोजना गरेको हो । तरुण दललाई शसक्त रुपमा संगठन निर्माणमा लाग्न नेपाली काँग्रेस हुम्लाका नेताहरुले सुझाव दिएका छन् । बुधबार नेपाल तरुण दल हुम्लाले आयोजना गरेको बिचार गोष्ठीमा काँग्रेस नेताहरुले सो सुझाव दिएका हुन । कार्यक्रममा नेपाली काँग्रेस हुम्ला पुर्वसभापति एवं कर्णाली प्रदेश सदस्य जयपति रोकाया पार्टी निर्माणका तरुणको भूमिका महत्वपुर्ण भएकाले अब संगठन निर्माण तरुण दल जुट्नु पर्ने बताए । हालसम्म सम्पन्न भएका निर्वाचनमा तरुण दलका सदस्यहरुको योगदान स्वागत योग्य रहेको र अव अझै पार्टीलाई बलियो बनाउने काममा खटिन उनले आग्रह गरे । काँग्रेस उपसभापति कैलाश भण्डारीले जिल्लामा तरुण दल केही सुस्ताएको जस्ता देखिएपनि अव नयाँ जोश र जाँगरका साथ लाग्नु पर्ने बताए ।

तस्बिर सौजन्य बसन्त रोकाया
जिल्लामा अन्य सवै पार्टी एकातिर काँग्रेस एकातिर हुँदाको अवस्थामा पार्टीलाई सहयोग गर्ने पहिलो दस्ता तरुण नेताहरु भएको उनले बताए । पार्टीका अर्का उपसभापति बसन्त रोकायाले ब्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको बेला अब जनताको अवस्था परिवर्तन गर्नु आजको आवश्यकता रहेको र त्यसका लागि तरुण दलले नेतृत्व लिनु पर्ने बताए । पार्टी बलियो र संगठित बनाउन तरुण दलको भुमिका महत्वपुर्ण भएको बताउदै उनले अब एक पटक तरुण दल ब्यूझिएर लाग्ने अबस्था आएको बताए । काँग्रेस सचिव कृष्णबहादुर बोहराले तरुण दल मात्र नभएर काँग्रेसका भातृ संगठनहरु सबै पार्टी निर्माण लाग्नु पर्ने बताए । कोषाध्यक्ष बबिता शाहीले पार्टीको दाईते हात भनेकै तरुण दल भएको कारण संगठन निर्माणका लागि गाउँगाउँमा तरुण नेताहरु पुग्नु पर्ने बताई । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारी, जनजाति, महिला संघकी अध्यक्ष शुशिला शाह, सिमकोट गाउँपालिका– ५ का वडा सभापति कुल रावत, शिक्षक संघको पुर्व अध्यक्ष कैलाश रोकाया, विपि चिन्तन प्रतिष्ठानका सभापति मभु बस्नेत शाही लगाएतले आफ्नो बिचार राखेका थिए । तरुण दलका अध्यक्ष बिजय लामाको अध्यक्षतामा सञ्चालन भएको बिचार गोष्ठीमा अन्य नेताहरुले समेत आफनो भनाई राखेका थिए । कार्यक्रम तरुण दलका सचिव कर्णजंग शाहीले सञ्चालन गरेका थिए ।

















