सि.टा. समाचरादाता
सिमकोट । नयाँ नेतृत्व चयनका लागि पटक पटक निर्वाचनको मिति तोकेर गर्न नसकेको नेपाल पत्रकार महासंघले आगामी असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेला गर्ने भएको छ । बुधबार जिल्ला तथा प्रदेश अध्यक्षहरुसंगको भर्चुअल वैठकबाट आएको सुझावका आधारमा राष्ट्रिय भेला गर्न लागिएको हो । पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको प्रेश बिज्ञप्तीमा असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेला गर्ने उल्लेख गरिएको छ

स्थान भने तोकिएको छैन । भेलाका लागि स्थान तोक्ने कार्य तत्काल गरिने पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिधानमा भएको ब्यवस्था अनुसार राष्ट्रिय भेला गर्न लागिएको हो । भेलाले महासंघको निर्वाचन गर्ने बाटो समेत खुलाउनेछ । सदस्यतामा देखिएको विवादलाई समाधान गर्नका लागि दिसा निर्देश गर्न महासंघका पुर्व अध्यक्षहरु सुरेश आचार्य, तारानाथ दाहाल, बिष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, डाक्टर महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने महासंघले निर्णय समेत गरेको छ ।
















