माटो ढिस्कोमा पुरिएर गाउँपालिकाको प्राविधिक सहित दुई जनाको मृत्यु

सि. टा समचारदाता

सिमकोट । माटोको ढिस्कोमा पुरिएर ताँजाकोट गाउँपालिको रोजगार शाखाका प्राविधिक सहित दुई जनाको मृत्इु भएको छ । दशैका लागि सरसफाई गर्न घर लिपपोट गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

माथिबाट माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको र एक जना घाईते भएको प्रहरी निरीक्षक सुरेश सुबेदीले बताए । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षकी मनसरा मल्ल रहेको उनले बताए । त्यसैगरि माटोको ढिस्को मै पुरिएर सो वडा का वर्ष २६ का लालबहादुर शाही घाईते भएका छन् । माटोको ढिस्कोमा पुरिएकाे लास निकाल्ने कार्य भई रहेको स्थानीय गोपाल बुढाले बताए । उनका अनुसार यो घटना अहिले बिहान भएको हो । दशैको अवसरमा घरआगन सफा गर्नको लागि माटो निकालेर घर लिपपोत गर्ने गरिन्छ ।