सिमकोटमा २६७ ग्राहकले जडान गरे नेपाल टेलिकमको एफटिटि फाईवर नेट

नेपाल टेलिकमको सिमकोट शाखामा रहेका एफटिटि फाईवर नेटको टावर ।
तस्बिर ः लोग भण्डारी , हुम्ला

लोग भण्डारी
सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा नेपाल टेलिकमको एफटिटि फाईवर नेट जडान गर्ने संख्या २६७ पुगेको छ । जिल्लामा यो सेवा सुरुवात भएको दुई महिना भएपनि नेपाल टेलिकम बाट यसका लागि नयाँ राउटर आउन ढिलाई भएको कारण जडान कार्य जारी राख्नु परेको हो ।
टेलिकम हुम्ला शाखाकी प्रमुख रिजिआङ्मु लामाले नयाँ र पुराना गरि २६७ ग्राहकले नेपाल टेलिकमको एफटिटि फाईवर नेट जडान गरि सकेका छन् । यसमा पुराना नयाँ ८६ र पुराना १८१ जनाले यो सेवा लिई सकेका छन् । पुराना १७६ जनालाई यो सेवा परिवर्तन गर्न बाँकी रहेको छ । उनले टेलिकमबाट आएको राउटर सकिएको कारण एफटिटि फाईवर जडान कार्य हाल रोकिएको बताईन । नेपालगंज बिमानस्थलमा आई सकेको कारण अब बाँकी राउटर हवाई मार्गबाट ढुवानी भएर आउने बित्तिक्कै जडान कार्यलाई निरन्तरता दिईने छ । हाललाई जिल्लामा एक हजार २४ लाई उक्त सेवा प्रदान गर्न सकिने छ । अव ७५७ लाईन बिस्तार गर्न सकिने छ । दैनिक एफटिटि फाईवर नेट जडान गर्ने ग्राहक कार्यालयमा आउने गरे पनि राउटर सकिएको कारण फिर्ता गर्नु परि रहेको  छ ।  पुराना ग्राहकले बार्षिक शुल्क आठ हजार एकमुष्ट तिर्नु पर्ने, राउटर निशुल्क पाउने र तार पनि एक सय मिटरसम्म निशुल्क दिने र त्यसपछि ग्राहक आफैले नयाँ खरिद गर्नु पर्नेछ । नयाँ ग्राहकले राउटर पाँच सय रुपियाँमा खरिद गर्नु पर्ने, शुल्क र तारको हकमा भने पुराना ग्राहकको जस्तै सेवा प्रदान गरिएको छ ।