आजवाट खुल्दै छ डिभि

सि.टा. समाचारदाता
सिमकोट । सन् २०२६ का लागि अमेरिका सरकारले बुधबार डाइभर्सिटी भिसा (डिभी) खोल्ने भएको छ । अमेरिकी दूतावासले प्रकाशित गरेको सूचनाअनुसार २०२६ डाइभर्सिटी भिसा कार्यक्रम अक्टोबर २, ९ः४५ बजे राति (नेपाली समय) खुल्दैछ ।

अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेको सूचनामा प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन पनि आग्रह गरिएको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दूतावासले उल्लेख गरेको छ । डिभीको आवेदनमा अक्टोबर २, राति ९ः४५ बजे (नेपाली समय) देखि नोभेम्बर ५ , राति १०ः४५ बजे (नेपाली समय) सम्म बुझाउन सक्ने पनि दूतावासले जानकारी दिएको छ ।