सिता एयरद्धारा साँढे चार वजे सिमकोट बिमानस्थलमा उडान

साँढे चार बजे सिमकोट विमान उडान भरेको सीता एयर ।
तस्बिर : राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्ला सीता एयरको जहाजले बुधबार बेलुका साढे चार वजे उडान भरेको छ । दिउसो हावा लागेर दोस्रो उडान सो एयरलाईन्सले सिमकोटका लागि रद्ध गरेको भएपनि अहिले सिमकोटमा हावा रोकिएको कारण उडान भएको हो ।
सीता एयर नेपालगंजका वजार प्रबन्धक सन्दिप भण्डारीका अनुसार मौसमले साथ दिएपछि ढिलो गरि भएपनि सिमकोटका लागि उडान भर्न सफल भएको हो । सीता एयरले यो यस वर्षको ढिलो गरि भरेको  पहिलो उडान हो । उनले यात्रुहरुको चापलाई ध्यानमा राखी र मौसमले साथ दिदा यात्रु उडान भर्न सफल भएको बताए । उक्त उडानमा चौध जना यात्रुहरु जिल्लामा आउन पाएका छन् भने त्यति नै सिमकोटबाट बाहिरीन पाएका छन् । बुधबारै काठमाडौंबाट नेपालगंज आई पुगेको सो जहाजले पहिलो उडान सिमकोटका लागि भरेर दोस्रो उडान भर्ने तयारी गरेको भएपनि इनरुटमा मौसम खराव हुँदा रद्ध गरेको थियो । यो बुधवार सिमकोटका लागि तेस्रो उडान हो । यसअघि सीता र समिट एयरका जहाजले एक एक उडान भरेका थिए ।