कोशी प्रदेशका आन्तरि मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीद्धाारा पदबाट राजीनामा

सि.टा. समाचारदाता
सिमकोट । कोशी प्रदेशका आन्तरि मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएकाछन् । बुधबार अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रदेश सरकारलाई जानकारी नदिई जापान भ्रमणमा गएको सन्र्दभलाई लिएर राजीनामा दिएको बताइएकोछ । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलका अनुसार मन्त्री अधिकारीले पेश गर्नु भएको राजीनामा स्वीकृत भइसकेको छ ।
मुख्यमन्त्री कार्कीले विदेश भ्रमण गएको सन्र्दभ पदीय मर्यादा विपरीत भएको जनाउँदै राजीनामा दिन निर्देशन दिएका थिए । यस विषयमा मन्त्री अधिकारीले पत्रकार सम्मेलन आयोजना गर्न लागेकाछन् । अधिकारी कार्तिक १३ गते जापान भ्रमणमा गएका थिए ।