सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारले बजेटलाई पुर्वाधार बिकासमा प्रथामिकता राख्नु परेको भूमि कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले बताएका छन् । हुम्लाको सदरमुकाम सिमकोट सञ्चालन भएको रैथाने बालीका सम्वन्धि एक कार्यक्रममा सचिव थापाले सो कुरा बताएका हुन ।

सचिव थापाले कर्णाली प्रदेशका दशै जिल्लामा पुर्वाधार विकास गर्न आवश्यक देखिएकोले सरकारले बजेटलाई त्यसैमा प्रथामिकता दिनु पर्ने बाध्यता रहेको बताए । पुर्वाधार बिकास भएपनि अरु विकास गर्न सहज हुने भएको कारण पनि बजेटलाई त्यसैमा लगानी गर्ने पर्ने बाध्यतामा सरकार रहेको उनले बताए । त्यसैगरि सचिव थापाले कर्णालीका दश जिल्लामा स्थापना भएका कृषि ध्यान केन्द्र र कृषि विकास कार्यालयहरुले वीउ विजन र बिरुवाहरु जिल्ला बाहिरबाट खरिद गर्न नपाउने भएको छ । कार्यशालामा सचिव थापाले मन्त्रालयले कर्णालीका दशै जिल्लामा लागु हुने गरि कार्यविधि निर्माण गरिएको र सो कार्यविधिमा उपलब्ध भएसम्म कृषिजन्य वीउविजन र बिरुवाहरु जिल्ला बाहिरबाट खरिद गर्न नपाउने ब्यवस्था गरिएको बताए ।

उनले यसले गर्दा सहजै बाहिरबाट ल्याउने बाटो नभएको तर कसैले ल्याई हालेपनि लेखपरिक्षणका क्रममा त्यो बेरुजो उल्लेख हुने बताए । यसले गर्दा कर्मचारीहरुले उपलब्ध भएसम्म जिल्ला बाहिरबाट यस्ता सामाग्री खरिद कर्मचारी गर्न नसक्ने बताए । यदि जिल्लामा नपाउने अवस्थामा रहेमा सम्वन्धित गाउँपालिकाको सिफारिका आधारमा मात्र बाहिरबाट खरिद गर्ने ब्यवस्था रहेको उनले बताए ।
सडक आंसिक रुपमा खुलेसंगै कर्णालीमा कृषि क्षेत्रको भविष्य सुनौलो रहेको उनले बताए । सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउने खाद्यान्न बाँच्नका लागि भएको तर यसले कर्णालीका स्थानीय बासिन्दालाई बिगारेमा चिन्ता ब्यक्त गर्दै यहाँ कै रैथाने बालीका परिकारमा बिबिधिकरण गरेर उपभोग गर्न उनले सुझाव दिए ।
कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले ढुवानीको कारण हुम्लाका स्थानीय उत्पादनहरु महंगा हुन पुगेकोले यसको महत्व र फाईदा बुझाउन आवश्यक रहेको बताईन ।
हुम्ला जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा तीन वटा दात्रृ निकायको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको ग्रेप परियोजनाको हालसम्म गरेको कामहरु समिक्षा गरिएको थियो । उक्त परियोजनाले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावलाई अनुकुलन गर्ने कार्य गर्दै आएको छ । कार्यक्रममा दुवै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, अगुवा किसान, जिल्लाका सरोकारवाला पक्षको उपस्थिती रहेको थियो ।
त्यसै जिल्लाका रैथाने बालीको बजारीकरण र प्रर्बद्धन गर्नका लागि काठमाडौं, बुटवल, सुर्खेत र धनगढीबाट रैथाने बालीको बजारीकरणका लागि ब्यवसाय गर्दै आएको ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

















