
सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपलिकाको उउपाध्यक्ष पदको उपनिर्वाचनको मतदान कार्यले दिउसो साँढे दुई वजेसम्म त्रिसट्टी प्रतिशत भन्दा बढी मतदान कार्य भएको छ । यी सबै मतदान केन्द्रमा भएको मतदाताले आफ्नो मतदान कार्य गरेका हुन । कुम मतदाता मध्य चार हजार तीन सय मतदाताले दिउसो साढे दुई बजेसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए । यो त्रिसट्टी दशमलव सत्र प्रतिशत मतदान भएको हो ।सर्केगार्डमा कुल छ हजार ८१० मतदाता संख्या रहेको छ । यो मतदान भएको संख्या बाह्र वटा मतदान स्थल र तेह्र वटा मतदान केन्द्रको गरेर हो । मतदान कार्य जारी रहेको छ । कतिपय मतदान केन्द्रमा मत खस्न छोडेको भएपनि नियमत बुलुका पाँच बजेसम्म केन्द्र खुल्ला राख्नु पर्ने भएको कारण कर्मचारी कुरेर बसेका छन् । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् । सबै मतदान केन्द्रमा गरि छ हजार ८१० मतदाताहरुले मतदान कार्यमा सहागिता जनाई रहेका छन् ।
















