सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीलाई नेपाली काँग्रेस हुम्लाले सिमकोट बिमानस्थलमाभव्य स्वागत गरेको छ । जिल्लामा एक वर्षपछि त्यो पनि वाईटबडी जहाजको खरिद प्रकरणमा अख्तियारले लगाएको आरोपमा बिशेष अदालतले सफाई दिएपछि अझै उत्साहित भएर जिल्लामा भव्य स्वागत गरिएको हो ।

एक वर्षपछि कर्णाली प्रदेश सभाको ख नम्बर क्षेत्रका सासद समेत रहेका शाही जिल्लामा सिमकोट बिमानस्थलमा झर्ने बित्तिक्कै बिमानस्थलबाटै भव्य स्वागत गरिएको काँग्रेस हुम्लाका सभापति मोहन बिक्रम सिंहले बताए ।

उनलाई पार्टी र जिल्लावासीको तर्फबाट स्वागत गर्न बिमानस्थलबाट डेढ घण्टा समय लागेका थियो । सिमकोट बिमानस्थलमा काँग्रेस सभापति सिंह, पुर्वसभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी र बसन्त रोकाया, कोषाध्यक्ष बबिता शाही, सचिव कृष्णबहादुर बोहरा लगाएतले स्वागत गरेका थिए ।

स्वागतका लागि दुई हजार भन्दा बढी मानिसको सहभागिता रहेको थियो । पुर्व मुख्यमन्त्रीको टोलीमा नेपाली काँग्रेस कर्णाली प्रदेशमा सभापति ललितजंग शाही, जलश्रोत तथा उर्जामन्त्री बिजय बुढा,

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नेपाली काँग्रेस कर्णालीमा प्रबक्ता दमन शाही, पुर्वमुख्यमन्त्री शाहीका स्वकिय सचिव राजबहादुर शाही, खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाही

लगाएको सहभागिता रहेको थियो । सिमकोट बिमानस्थलबाट शाहीलाई काँग्रेसको जुलुसले सिमकोट बजार परिक्रम गरेर मानसरोवर बहुमुखी क्यम्पस पुगेर नेता शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

















