बलजप्ती सडक खन्दा निमार्ण कार्य बिवादमा

फोटो क्याप्सन सडक खन्दा निमार्ण कार्य बिवादमा तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । गत शनिवार कर्णाली करिडोरको सिमकोट गाउँपालिका– ५ को धारापोरी खण्डमा नयाँ सडक खन्ने क्रममा देखिएको बिबाद अहिले बाहिर आएको भन्दा फरक रहेको छ । हिल्सा सिमकोट सडक आयोजनाले सो खण्डमा पर्ने सडकको डिमार्ककेशन स्पष्ट रुपमा देखाउन नसक्दा यो बिबाद आएको पाईएको हो ।

यो खण्डको सडकको डिपिआर अनुसार सडक निर्माण गर्नु भन्दा पनि अहिले अन्नवाली लगाएको जग्गालाई बचाउन र मोडहरु कम गर्न अहिलेको सडक निर्माण कार्य भई रहेको हिल्सा सिमकोट सडक ओाजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए । उनका अनुसार सो सडकको डिपिआर अनुसार मानसरोवर माविको आसपासमा सडक जोडनु पर्ने देखिएपनि एकिन बिन्दु भने स्पष्ट भएको छैन ।

 

यस्तो अवस्थामा निर्माण कम्पनीका स्थानीय प्रतिनिधि अर्जुन महताराले स्थानीयसंग कुरा मिलि सकेकोले काम अगाडी बढाईएको आफुसंग भनेको र सो भए राम्रो भएको र बिबाद रहित किसिमले काम अगाडी बढाउन भन्दै आफु चंखेली गाउँपालिकातर्फ कार्यालयको कामका लागि लागेको उनले बताए । यो सडक बिबादको बारेमा जानकारी निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश भण्डारीलाई पनि गराएको उनले बताए ।

सडकलाई कुन बिन्दुमा मिलाउने कुरा एकिन र सहमति गरेर मात्र काम अगाडी बढाउन केही दिन अगाडी जग्गा धनी सिमकोट गाउँपालिका– ५ की जसकला रोकाया आयोजनाको कार्यालयमा पुगेर धर्ना दिदै बिबाद समाधान नभएर जवरजस्ती काम अगाडी बढाए आफुले जे पनि गर्न सक्ने बताएकी थिईन ।

बिबाद समाधानतर्फ नलागी ठेकेदारले कार्यलयलाई गलत रिपोर्ट दिई काम अगाडी बढाईए पछि ब्यक्तिगत सम्पतिको हक तथा जग्गा रक्षाका लागि निमार्ण कार्यमा रोक लगाउदा बिवाद र्सिजना भएको स्थानीय जग्गाधनीहरुको दाबी छ ।
यसरी जर्वरजस्ती सडक खने पछिको उत्पन्न समस्याको जिम्मा निर्माण कम्पनी र आयोजनाले लिनु पर्ने जग्गाधनिहरुको भनाई छ । डोजरको पहिले नै फुटेको सिसा लगाएको टेपमा ढुङ्गा लाग्दा सिसामा प्वाल परेको छ ।

उक्त खण्डको सडक बिबादको विषयलाई लिएर गत बैशाख १८ गते सिमकोट गाँउपालिकाका अध्यक्ष बिजय भण्डारी, आयोजनाका योजना प्रमुख बेलबहादुर नेपाली, प्राविधिक प्रेमबहादुर शाही लगाएतको टोली सो स्थानमा पुगेको थियो ।
प्रमुख नेपालीले टोलीलाई आफुले कुन बिन्दुमा मिलाउने भन्ने कुरा अहिले भन्न नसकिने र प्रतिवेदनमा सो कुरा उल्लेख भएको भएपनि कार्यालयसंग बिस्तृत प्रतिबेदन नभएको कारण डिपिआर निर्माण कम्पनीसंग समन्वय गरेर ल्याउने र सडक निर्माणको मिनाल बिन्दु एकिन गर्ने बताएका थिए ।

टोली हाल नयाँ सडक निर्माण गरिएको स्याम्नेसम्म पुग्ने तयारीका साथ गएको भएपनि मिलान बिन्दु एकिन गर्न नसकिने प्रमुख नेपालीले जनाएपछि बिचैमा फिर्ता भएको थियो । स्थलगत रुपमा भन्दा पनि टेवलमा बसेर डिपिआर गरेको कारण यो बिबाद आएको हो । बलजप्ती सडक खन्दा निमार्ण कार्य रोकिएको छ ।