जिल्लाभर पुर्वमुख्यमन्त्री शाहीले पाएको स्वागतले गर्ने संकेत

फोटो क्याप्सन ( नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेताको सचिवालयका सदस्य राज बहादुर रोकायाको फेसवुक वालबाट )

राजत रावत
सिमकोट । माथिल्लो हुम्लामा एक वर्षपछि र दक्षिणी हुम्लामा २०७९ सालको निर्वाचनपछि जिल्ला दौडाहामा निस्किएका कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीलाई जिल्लाका सात मध्य छ वटा गाउँपालिकामा भव्य स्वागत गरियो । आफ्ना पार्टीका कार्यकर्ता र आम हुम्ली जनतालाई आफ्नो बारेमा प्रष्किरण दिन र भेटघाट गर्न निस्केका पुर्वमुख्यमन्त्रीलाई सायद काँग्रेसले नै नसोचेको स्वागत हुम्ली जनताले गरेका हुन ।

यो स्वागत गर्ने कार्य हाल नेपाली काँग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलको नेता समेत रहेका शाहीलाई मंसीर २६ गते सदरमुकाम सिमकोटमा पुगेबाट सुरु भएको थियो । सुर्खेतबाट सिमकोट बिमानस्थलमा पुग्ने बित्तिक्कै उनको भव्य स्वागत गरिएको थियो । सायद २०७९ सालको प्रदेश सभामा निर्वाचित हुँदा बिजय जुलुस कम थियो । जिल्लामा उनी आउदा यसअघि पनि स्वागत त गरिन्थ्यो नै, तर यस पटक उनको अझै फरक र बढी भव्य किसिमले स्वागत गरिएको हो ।

सिमकोट बिमान स्थलमा गरिएको भव्य स्वागत पुस ७ गते ताँजाकोट गाउँपालिकामा पुग्दासम्म त्यसले उसैगरि निरन्तरता पाई रहेको थियो । यसविचमा उनले सिमकोटदेखि ताँजाकोट गाउँपालिकामा पुग्दा छ वटा गाउँपालिकाका केन्द्र सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा उस्तै किसिमले स्वागत गरिएको थियो ।

लामो समय जिल्लामा जान नपाएका काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाहीले पनि यस्तो किसिमको हुम्लावासीबाट माया र साहानुभूति पाईएला वा नपाईएला सोचेका नहुन सक्छ ।

तर त्यसको विपरित उनी जता जता पुगे त्यसै अपार माया र स्वागत पाउदा उनी निक्कै हर्षित देखिएका छन् । वाइट वडी जहाज खरिद प्रकरणमा अख्तियारले हाल कर्णाली प्रदेश सभाको हुम्ला जिल्ला ख नम्बर प्रदेशको सदस्य शाहीलाई आरोप लगाएर बिशेषमा मुद्धा दर्ता गरेर बिशेष अदालतबाट सफाई पाएपछि काँग्रेस कार्यकर्ता र जनतासंग भेटघाटमा निस्किएका हुन । प्रत्येक स्थानमा उनको स्थानीय सँस्कृति अनुसार बाजाघाजा सहित स्वागत गरिएको थियो ।
गत मंसीर १६ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा काँग्रेस कै भाषामा प्राविधिक कारणवस हारिएको भनेर निरास बनेको नेपाली काँग्रेस हुम्ला नेता शाहीको जिल्ला आगमनले पाएको मायाबाट भने उत्साहित देखिएको छ ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा जसरी काँग्रेस एउटा लहर चलेको थियो । उक्त लहरले काँग्रेसलाई २०५१ सालको मध्यावति निर्वाचनमा निर्वाचित गरेको थियो । जुन निर्वाचनबाट उनी निर्वाचित भएर पहिलाृ पटक संविधान सभामा प्रवेश गरेका थिए । त्यसयता शाहीले पछि फर्कनु परेको छैन् । यतिखेर जिल्लामा पुगेका शाहीको स्वागतका लागि लागेको जनताको लहरले पनि पून एक पटक काँग्रेसमा लहर फर्किएको संकेत गरेको छ ।

यो अवस्था हेरेर काँग्रेसमा उन्माद चढ्छ या संगठन बिस्तारमा लाग्छ, अझ भनौ यसको सदुपयोग काँग्रेस हुम्लाले कसरी गर्छ भन्ने कुरा त काँग्रेस मै भर पर्नेछ । अवस्य पनि यो काँग्रेस हुम्लाका लागि उपयुक्त अवसर भने हो । अर्को कुरा २०७९ को निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन हुँदा एताउता सहयोग पाएर बिजेता भएका जनप्रतिनिधिहरु मध्यका केहीको शाहीको सफाई प्रति संकेत गर्दै अख्तियारको केशमा नेता उम्किने र तर कर्मचारी फस्ने जस्ता भाषा आउनुले पनि काँग्रेस प्रतिको तुरानै तुस कति छ भन्ने बुझ्न कठिन छैन ।

यसले त खासै असर नपर्ला । तर पनि जिल्लाभर नेता शाहीको स्वागतका लागि देखिएको लहरबाट बिपक्षी दलहरुलाई भने झस्काउने कुरा भने निश्चित छ । र २०८४ सालको निर्वाचनबाट फाईदा लिन काँग्रेसलाई सघाउ पुग्नेछ ।