सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले कर्णालीका विभिन्न जिल्लामा १९ दिनसम्म यात्रा गर्दा साथ दिने सवैलाई धन्यवाद दिएका छन् । करिव आठ महिनापछि कर्णालीका जिल्लामा निस्केका उनले जता पुगे उतै स्वागत र बधाई दिने कार्यक्रम भएको थियो ।
एक बक्तव्य निकालेर पुर्वमुख्यमन्त्री शाहीले मंसिर २६ गते गृह जिल्ला हुम्लाको सदरमुकामबाट जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली,अदानचुली र ताजाँकोट लगयातका गाउँपालिका हुँदै कर्णाली करिडोर अन्तरगत् पर्ने बस्तीहरु भएर पौष १३ गते कार्य क्षेत्र सुर्खेतको वीरेन्द्रनगरमा पुगेको उल्लेख गरेका छन् । उनले यो यात्राको क्रममा स्थानीय आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुबाट अगाध प्रेम र स्नेह पाएको छु।स्नेहप्रद माया अनि ,न्यानो स्वागत र अभिनन्दनले वाँकी जीवनलाई अनवरत एवम् अविरल जनसेवामा समर्पित गर्न मलाई नविन उर्जा र प्रेरणा मिल्नुका साथै थप जिम्मेवार बनाएको मैले महसुस गरेको उल्लेख गरेका छन् ।
मेरो यात्रालाई विशेष बनाउन तथा रिसिभ एवम् स्वागत गर्न आफ्नो व्यस्त कार्यसूचिका बाबजुद काठमाण्डौंबाट आएर दैलेखमा जोडिनु भएकि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् संघीय सभा सदस्य मा० सिता कुमारी राना, कालिकोट राष्कोटबाट जोडिनु भएका केन्द्रीय सदस्य एवम् १०० दिने विशेष अभियानअन्तरगत् कालिकोट जिल्लाका लागि खटिनु भएका केन्द्रीय प्रतिनिधि मानबहादुर नेपाली, राकममा जोडिनु भएका प्रदेश सरकारका सामाजिक विकास मन्त्री मा० घनश्याम भण्डारी,प्रदेश योजना आयोगका सदस्य मा० अशोकनाथ योगीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।त्यसैगरी, हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाबाट मेरो यात्रामा संगै सहभागी हुनु भएकी जलस्रोत तथा उर्जा विकास मन्त्री एवम् नेपाली कांग्रेस हुम्लाका सचिव मा० विजया बुढालाई कृतज्ञता प्रकट बिज्ञेप्ती मार्फत उनले गरेका छन् ।
मेरो यो अभियान तथा यात्रालाई विशेष र महत्वपूर्ण एवम् प्रभावकारी बनाउनका लागि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट, कालिकोटको रास्कोट र दैलेख बजारमा पुग्नु हुने कर्णाली प्रदेश सभापति एवम् संविधान सभा सदस्य आदारणीय अंकल ललितजङ्ग शाही,कर्णाली प्रदेश महामन्त्री निरञ्जन के०सी०, कोषाध्यक्ष खगिसरा आचार्यको अर्थपूर्ण सहभागिता रह्यो । म उहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । त्यस्तै, सघीय माननीय दिक्पाल शाही, कालिकोट सभापति अम्म शाही, दैलेख पार्टी सभापति मणीराम रेग्मी सहितको सिंगो जिल्ला कार्यसमिति, कालिकोट “ख” प्रदेश सभापति आनन्द वहादुर शाही र आठविस सभापति अर्जुनबहादुर शाहीसहित सम्पूर्ण पार्टीका नेता साथीहरुप्रति कृतज्ञ छु।
यात्राको क्रममा विभिन्न स्थानहरुमा मलाई र मेरो टोलीलाई टिका, माला, खादा लगाएर स्वस्फूर्त स्वागत र सम्मान एवम् अभिनन्दन गर्नु हुने हुम्ला जिल्लाभरि सिमकोट देखि छिप्रा,याञ्चु, रिप, उनापानी,सर्केगाड, पिपलाङ्ग, मकै, लाम्टे, श्रीनगर, काँखे, बारीगाउँ, कल्केका आदारणीय दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद ब्यक्त गरेका छन् । त्यस्तै, जिल्लाबाहिर हिमाली गाउँपालिका केन्द्र धुलाचौर, पिलुचौर, कालिकोट थिर्पु, रास्कोट ,रयाङ्गिल, मान्मा बजार, दैलेख खिड्कीजिउला,राकम बजार, जम्मुकाँध,दुल्लु दैलेख बजार, चुप्रा र डुङ्गेश्वरका सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा म हार्दिक नमन गर्दछु।त्यस्तै, सरकारी तहबाट स्वागत गर्नु हुने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, सर्केगाडका अध्यक्ष ठानबहादुर रोकाया, चखेलीका अध्यक्ष प्यारिलाल शाही, अदानचुलीका अध्यक्ष मोहनविक्रम सिंह, ताजाकोटका उपाध्यक्ष सुरेन्द्र थापा, हिमालीका अध्यक्ष गोविन्दबहादुर मल्ल, राष्कोट मेयर धर्मराज शाही, उपमेयर मनिराज बराल, आठविसकोट उपमेयर कल्पना कुमारी थापा, चामुन्डाबिन्द्रेश्वनी मेयर गणेशबहादुर शाही र उपमेयर मनसरा रेग्मी, दुल्लु मेयर भरत रिजाल र उपमेयर विना कार्कीलगायत विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित परिवारप्रति पनि उनले धन्यवाद दिएका छन् ।
मेरो यात्रालाई सार्थक र सफल तथा अविश्मरणीय बनाउने मेरो जिल्ला हुम्लाका पार्टीका साथीहरुको ठूलो हात रहेको छ।म यस अवसरमा हुम्ला जिल्ला पार्टी सभापतिलगायत विभिन्न तह र तप्का एवम् तत् तत् तहका पार्टी संरचनाका सम्पूर्ण पदाधिकारी, नेता साथीहरु र सिंगो हुम्लाका मतदाता एवम् दाजुभाइ तथा दिदीबहिनीहरुलाई विशेष विशेष नमन ब्यक्त गरेका छन् । ।तपाँईहरुको साथबिना म सधै अपूर्ण रहने र तपाँइहरुको यस्तै माया र स्नेह सधैं पाइ राखु र तपाँइहरुको माया तथा साथको सम्मान गर्ने शक्ति मलाई मिलि रहोस् भन्ने शुभेक्क्षा समेत बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
यो यात्राको क्रममा हुम्ला देखि वीरेन्द्रनगर सुर्खेतसम्म निरन्तर साथ दिने कर्णाली प्रदेश प्रवक्ता दमनबहादुर शाही, हुम्ला जिल्ला पार्टी सभापति, पूर्व पार्टी सभापति, अन्य पदाधिकारीलगायतका भाइबहिनीहरुलाई उनले सम्झेका छन्
हुम्ला सिमकोट देखि वीरेन्द्रनगर सुर्खेतसम्मको मेरो यात्रामा सुरक्षा व्वयवस्थापन गर्नु हुने हुम्ला जिल्ला प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय हुम्ला, बाजुरा, कालिकोट, दैलेख प्रमुखसहित तत् तत् तहका चौकी इन्चार्जहरु प्रति कृतज्ञता प्रकट गर्दछु ।दैलेख जिल्लामा न्यानो आतिथ्यता दिनु हुने दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीलाई धन्यवाद व्यक्त उनले गरेका छन् ।
मेरो यात्रा एवम् स्थलगत भ्रमणमा जनताहरुबाट म र प्रदेश सरकारप्रति धेरै आसा र भरोसा राख्नु भएको छ । नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीको नेता एवम् सत्तारुढ दलको नेताको हैसियतमा कर्णालीका जनताहरुका साझा समस्याहरुको समधानमा दत्तचित्त भएर लाग्नु म र म आवद्ध दलको पहिलो दायित्व र कर्तब्यका रुपमा ग्रहण गरेको पनि उल्लेख गरिएको छ । यहि जनकर्तव्यलाई शिरोधार गर्दै स्थानीय जनताबाट प्राप्त मागको संगालोलाई दस्ताबेजीकरण गरि केही दिनभित्र प्रदेश सरकारको ध्यानाकर्षण गराउने पनि उल्लेख गरिएको छ ।
यात्राको क्रममा प्रत्यक्ष देखेका र जनताले भोग्दै आएका शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानी, सिंचाईलगायतका आधारभूत समस्याहरुको सम्बोधनमा आफु लाग्ने उनले बताएका छन् । आफ्नो जिम्मेवारीलाई पुरा गर्ने क्रममा प्रदेश सरकार र संघीय सरकारसंग मेरो निरन्तर र नियमित खबरदारी गरि रहने प्रतिबद्धता पनि उनले ब्यक्त गरेका छन् । जनताले दिनु भएको मायाको भारी एवम् भरोसालाई जाँतोमा पिध्ने भूल मबाट कदापि हुने र जसरी आमाको दशधारा दुधको मोल चुकाउन सकिन्न त्यसैगरि तपाँइहरुले मलाई अमूल्य ऋण लगाउनु भएको छ, म मेरो एक मुठ्ठी सास र एक थोपा रगत रहदासम्म इमानदार प्रयास एवम् पहल गर्ने प्रतिवद्धता उनले बिज्ञप्तीमा उल्लेख गरेका छज् । करिब ८ महिनासम्म खाली रहेको तपाँइको कलममा मसी भरिएको र विश्वास दिलाउद छु कि अब तपाँईहरुका खाली पानाहरुमा केही न केही अक्षरहरु कोर्ने उनले जनाएका छन् ।

















