काँग्रेस उपसभापति रोकायाद्धारा आफुद्धारा लिखित पुस्तक सहयोग

फोटो क्याप्सन आफुद्धारा लिखित पुस्तक प्रदान गर्दै उपसभापति रोकाया । तस्बिरः राजन रावत

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस हुम्लामा उपसभापति बसन्त रोकायाले बि.पी. स्मृति भवनमा स्थापना गरिएको नेपाली काँग्रेसको केन्द्रीय पुस्तकालयलाई पुस्तक प्रदान गरेका छन् । काँग्रेसको पुस्तकालयलाई उपसभापति रोकायाले निशुल्क रुपमा पुस्तक प्रदान गरेका हुन ।

उपसभापति रोकायाद्धारा लिखित साहित्यीक कृति काँग्रेसको केन्द्रीय पुस्तकालयलाई प्रदान गरिएको हो । उनीद्धारा लिमीत तीन वटा कृतिहरु रुपान्तरण उपन्यास, हिमाल खण्डकाव्य र यार्सा हुम्ली भाषामा लिखित खण्ड काव्य पुस्तकालयलाई प्रदान गरिएको हो ।

उनले बि.पी.स्मृति भवन सानेपामा पुगेर पुस्तकालयलाई प्रदान गरेका हुन उनले ती पुस्तकहरुसचिव कृष्ण दुलाललाई प्रदान गरेका हुन । पुस्तकालयमा आफ्ना पुस्तकहरु राख्नका लागि उनले सहयोग गरिएको जनाए ।