अल्छी नै प्रगतिको बाधक

सि.टा समचारदाता
अल्छी नै मानिसको प्रगतिको बाधक हो। र, यही मानिसको सबैभन्दा ठूलो दुश्मन पनि। आजको काम भोलिलाई साँच्‍नु पनि अल्छीकै परिचायक हो। अल्छीका बहाना अनेक हुन्छन् भनिन्छ। यसले आफ्नो स्वास्थ्य, सम्बन्ध र व्यक्तिगत उन्‍नयनमा ठूलो बाधा उत्पन्‍न गराउँछ।

भारतको उदाहरण हेरौं। ग्लोबल हेल्थ जर्नल ‘द लान्सेन्ट’मा प्रकाशित रिपोर्टअनुसार त्यहाँको आधा जनसंख्याले आफ्नो दिनचर्यामा पर्याप्त शारीरिक गतिविधि गर्दैन। र, त्यसमा महिलाको संख्या त ५७ प्रतिशत छ।

भारतका पूर्व राष्‍ट्रपति तथा प्रख्यात वैज्ञानिक एपीजे अब्दुल कलामले भनेका थिए, ‘प्रतीक्षा गर्नेहरूलाई त्यति मात्र प्राप्त हुन्छ, जति कोशिस गर्नेहरूले छाडेर गएका हुन्छन्।’
किन लाग्छ अल्छी ?
जीवनमा अनुशासनको अभाव हुनु– आत्मविश्‍वास कम हुनु– आसपास कुनै मोटिभेसेनको वातावरण नहुनु– निन्द्राको कमी, ठीकसँग सुत्‍न नपाउनु– जरुरी काम तत्काल सम्पन्‍न नगरी टार्ने बानी हुनु– शरीरले पर्याप्त सन्तुलित खाना नपाउनु, पोषक तत्वको कमी हुनु– जीवनप्रति दायित्वबोध र गम्भीरताको अभाव हुनु– तनाव, डिप्रेसनजस्ता समस्याले सताउनु

वर्कप्लेसमा अल्छीको नकारात्मक असर

– सहकर्मी र म्यानेजरसँग सम्बन्ध खराब– अफिसमा कुनै ठूलो प्रोजेक्ट प्राप्त नहुनु– बारम्बार कामको डेडलाइन मिस हुनु– कामलाई लिएर तनाव बढ्नु– वर्क उत्पादनशीलता कमजोर हुनु– एक सहकर्मीको अल्छीका कारण अर्कोमाथि बोझ थपिनु– इन्क्रिमेन्ट र पदोन्‍नतिमा असर पर्नु– अन्तिममा नोकरीबाट निकालिनु
कसरी भगाउने अल्छी ?

– अल्छी भगाउन सबैभन्दा पहिले जीवनशैलीमा परिवर्तन जरुरी छ– राम्रो र स्वस्थ निन्द्रा अनि पर्याप्त निन्द्रा लिऊँ– दैनिक शारीरिक व्यायाम गरौं– अफिस र घर दुवैतिर काम टार्ने बानी तत्काल हटाऊँ– स्केचिङ, पेन्टिङलगायत कुनै सिर्जनशील गतिविधि गरौं– किताब पढ्ने बानी बसालौं– दैनिक बिहान उठेर त्यस दिन गर्ने कामहरूको सूची बनाऊँ– हरेक साना सफलताका लागि आफैंलाई धन्यवाद दिऊँ– उत्पादनशीलता गणना गरौं। र, टु डु लिस्टमा साँझ लेखौं- त्यस दिन तय भएका कति काम पूरा भए।