केक काटेर स्थापना दिवस मनायो प्रेश सेन्टर नेपाल हुम्लाले

फोटो क्याप्सन कार्यक्रम आफ्नो भनाई राख्दै माओवादी केन्द्र हुम्लाका सचिव बोहरा । तस्बीर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । प्रेश सेन्टर नेपालले आफ्नो स्थापना दिवस केक काटेर जिल्लामा मनाएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सचिव धर्मराज बोहराले सो अवसरमा केश काटेर स्थापना दिवसको उद्घाट गरेका हुन ।

प्रेश सेन्टरको २१ औं स्थापना दिवसको अवसरमा केक काटी सकेपछि शुभकामना मन्त्व्य दिने क्रममा बक्ताहरुले पत्रकारिता क्षेत्रलाई जिम्मेवार बन्नका लागि सुझाव दिएका थिए ।

पत्रकारिता क्षेत्रले धेरै कुराको मार्ग दर्शन गर्न सक्ने भएको कारण समाज परिवर्तनको संबाहक बन्नका लागि जिल्लाका संचारकर्मीहरुलाई नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले सुझाव दिए ।

कतिपय कुरा राज्य गर्न नसकेको कुरा पत्रकारको कलमबाट पनि गर्न संभव देखिने भएको कारण जिल्ला बिकासका लागि पत्रकारिता जगत सधै सजक र सचेत रहनु पर्ने उनले बताए । पत्रकारिता पनि समाज परिवर्तनकै लागि गरिने भएकोले निष्पक्ष र स्वतन्त्र रुपमा कलम चलाएर सबैलाई सधै सचेत बनाउने कार्य पत्रकार लाग्नु पर्ने उनले बताए ।

नकेपा माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्य जसबहादुर भण्डारीले जिल्लामा पत्रकारिता क्षेत्र केही अंशमा मोल मोलाईमा लागेको बताउदै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

समाजमा भई रहने हरेक कुराको जानकारी पत्रकारिताबाटै सवैले जानकारी पाउने भएको कारण सन्तुलित र निष्पक्ष सामाग्री प्रकाशन तथा प्रशारण गर्नु आवश्यक रहेको उनले बताए । देशमा पत्रकार र न्यायधिसहरु स्वतन्त्र रुपमा काम गर्ने भने परिवर्तन टाढा नभएको उनको भनाई थियो ।

पत्रकार महासंघका अध्यक्ष राजन रावतले पत्रकारिता गर्दा दलीय आस्था भन्दा माथि उठेर काम गर्नु पर्ने बताए । यसअघि प्रेश सेन्टरका केन्द्रीय सचिव अर्जुन बोहरा हालसम्म प्रेश सेन्टरको सांगठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रेश सेन्टर हुम्लाकी अध्यक्ष तिलसरा बिक, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्यले पनि आफ्नो भनाई राखेका थिए ।