
कर्ण बहादुर रावल अध्यक्ष
खार्पुनाथ गाउँपालिका
स्थानीय तह २०७९ को निर्वाचनमा जनप्रतिनिधिका रुपमा पूनः निर्वाचित खार्पुनाथ गाउँपालिकाका अध्यक्ष अध्यक्ष कर्णबहादुर रावल पून निर्बाचित भएका जिल्ला कै एक्लो नेता हुन । सातौ वर्षको बजेट निर्माणको अनुभव भएका उनलाई बाध्यताले नीति तथा कार्यक्रम राम्रो ल्याउन परे पनि त्यसको कार्यान्वयन पक्ष भने कठिन भएको भोगाई छ ।
राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको कारण बिकासका लागि धेरै चुनौतीहरु रहेका छन् । समस्या समाधानका लागि गाउँपालिकाले मात्र केही गर्न नसक्ने बताउनु हुने उनीसंग सिमकोट टाईम्ससंग गरिएको कुराकानी )
एक वर्षे कार्यकालमा आफैले तर्जुमा गरेका कार्यक्रमका उल्लेखनीय पक्ष केलाई मान्नु हुन्छ ?
1. मेरो यो सातौ पटकको नीति, बजेट तथा कार्यक्रम तर्जुमाको अनुभव हो । यी अनुभवलाई केलाउनु पर्दा जुन तामझाँमका साथ नीति तथा बजेट कार्यक्रम तर्जुमा गरिन्छ । त्यसलाई हेर्दा देखाउने दाँत मात्र हो भन्ने लाग्छ ।
किन भने निक्कै मिहेनेत र परिश्रम गरेर जुन नीति तथा बजेट र कार्यक्रम तय गरिन्छ । त्यस अनुसारको हामीसंग श्रोत छैन । श्रोत नभएपछि त्यसलाई सवल रुपमा कार्यान्वयन हुने अवस्था रहेन । यति हुँदा हुदै पनि केही पनि भएको छैन भन्ने होईन । विद्यालयमा गुणस्तरी शिक्षाका लागि बिबरणहरु एकिन गर्ने, नियमित अनुमगन गर्ने, गाउँपालिकाका सबै आधारभुत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेत सेवा जडान, पुर्ण साक्षर गाउँपालिका घोषणा, पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा, सुत्केरीलाई प्रोत्साहन गर्ने कार्यक्रम, गाउँगाउँमा गर्भवतीको जाँचका अल्ट्रासाउण्डको ब्यवस्था, छिमेकी गाउँपालिकासंगको समन्वयमा बृहत एकिकृत स्वास्थ्य शिबिर सञ्चालन, सामाजिक सुरक्षा भत्तालाई त्रैमासिक रुपमा सेवाग्राहीको खातामा निकासा दिने, लेखा प्रर्णाली बिधुतीय कारोवारबाट सुरु, गाउँपालिकाका पाँच वटा वडा मध्य एउटा वडालाई सडक सञ्जालसंज जोड्ने कार्य बाँकी वडाको लागि सडक निर्माण कार्य भई रहेको, पाँच वटै वडाको वडा भवन निर्माण, यसअघि नै गाउँपालिकाको आफ्नै भवन निर्माण गर्ने कार्य भएका छन् । अन्य नियमित हुने कामहरु त हुने नै भए ।
आफ्नो कार्य कालमा गाउँपालिकालाई कस्तो बनाउने सोच बनाउनुु भएको छ ?
2. सम्बृद्ध गाउँपालिका निर्माण गर्न मुख्य कुरा सडक निर्माण हो । यसलाई गाउँपालिकाका र प्रदेश सरकारको सहयोगमा सडक निर्माण कार्य भई रहेको छ । अर्को कुरा बिधुतीकरण हो । अहिले नै चार वटा वडा बिधुतीकरण भएको अवस्था छ भने एउटा वडामा सोलारबाट समेत बिधुत सेवा उपलब्ध भएको छ । अव यसलाई पुर्ण रुपमा बिधुती करण गरेर चौबीसै घण्टा बिधुत सेवा आर्पुती गर्नुछ ।
यो काम बाँकी चार वर्षे कार्य कालमा गरिने छ । हालसम्म केही पनि गर्न सकेन भन्ने कुरा पनि आउछ । हो भने जति र गर्नुपर्ने काम गर्न नसकिएको होला तर गरेकै छैन भन्ने कुरामा सहमत छैन् । ब्यक्तिका योजना दिने प्रचलनलाई अन्त्य गर्नुछ र हुँदैछ । यसलाई सस्थागत र सामुहिक बिकास गर्ने खालका काम मात्र गरिनेछ । एउटै घरपरिवारका सदस्य मिलेर उपभोक्ता निर्माण गर्ने प्रचलन हटाएर त्यसलाई दर्ता गर्ने कार्य भएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा ध्यान जानेछ । एकदेखि पाँच नम्बर वडामा कच्ची सडक निर्माण गरिनेछ ।
अर्को कुरा आत्म निर्भर बनाउन स्थानीय रैथाने बाली र फलफुल खेतीको उत्पादन बृद्धि र प्रर्बद्धनमा बिशेष जोड दिईनेछ । किन भने राष्ट्रिय सडक सञ्जाल जोडिदै छ । अब उत्पादित बस्तुलाई बाहिर पठाएर आम्दानी बृद्धि गर्ने कार्यक्रम सञ्चालनमा जोड दिईने छ ।
गाउँपालिकाको पहिलो प्राथमिकतालाई यस वर्षको बजेट तथा कार्यक्रममा कसरी समेट्नुु भएको छ ?
3. बजेट तथा कार्यक्रमले केही निरन्तरता दिने कामलाई प्राथमिकता दिईएको छ । मर्मत संभार कोषको ब्यवस्था गरिएको छ । युवाहरुका लागि स्वरोजगारका कार्यक्रम, कृर्षिमा युवाका आर्कषण हुने कार्यक्रम समेटिएका छन् ।
गाउँपालिकामा बिभिन्न सहयोगी संस्थाहरु सचालनमा भएका छन् । जस्तो कृषि क्षेत्र काम गर्ने जिआईजेट र सिंचाईका क्षेत्रमा काम गर्ने सुसा कार्यक्रमका लागि मिलान कोषको ब्यवस्थालाई प्राथमिकता दिईएको छ । स्वास्थ्यको अहिलेको अवस्थालाई अझै सुधारका कार्यक्रम तय गरिएका छन् । शिक्षा क्षेत्रलाई पनि जोड दिईएको छ । पशु क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।
केही स्वरोजगार सृजना हुने कार्यक्रमहरु प्नि रहेका छन् आन्तरिक श्रोत कमी छ, आवश्यकता धेरै छन् । त्यसलाई कसरी सम्बोधन गरिन्छ ?
4. श्रोतमा भरनिर्भरता रहनु हाम्रो बाध्यता हो । आन्तरिक आयश्रोत बृद्धि गर्ने रणनीति लिईएको छ । पहिरो कुरा स्थानीवासीको शोचमा परिबर्तन ल्याउन आबश्यक छ किन भन्दा कर तिरेपछि हाम्रै लागि हो भन्ने भावना जनतामा जागृत गराउनुछ । ठुलाठुला सपना नदेखि गाउँ जे गर्न सकिन्छ ती कुरा मात्र गरिने छ । अब आन्तरिक श्रोत बृद्धि गर्न करको दायरा बृद्धि गरि त्यसलाई प्रयोगमा ल्याईनेछ । न्यून श्रोत भएकालाई करमा छुटको ब्यवस्था गरिनेछ । आएकै सिमित साधन श्रोतलाई अधिकतम सदुपयोग हुने काम गर्नु अहिलेको आबश्यकता र अपरिहार्यता पनि हो ।
हाल नेपालमा बजेट बिनियोजित गर्ने प्रर्णालीका बारेमा के भन्नु हुन्छ ?
5. न्यायोचित छैन । बजेट बिनियोजिता गर्ने बित्त आयोगका सुचकहरु नै समग्र कर्णाली प्रदेशका लागि उपुक्त देखिदैन । ७५३ वटा स्थानीय तहलाई एउटै डालोमा राखेर मापन गर्ने र बजेट बितरण गर्ने कार्य न्याय संगत देखिदैन । बजेट बाँडफाँडमा आबश्यकता भन्दा पनि पहुँच र भनसुनका आधारमा हुनेगर्छ । मन्त्रीलाई खादा लगाएर पनि बजेट ल्याउन परम्परा रहेको छ । निबेदनका आधार योजना दिने, कर्मचारीसंग मिलोमतोमा योजना दिने कार्य हुदै आएको छ । अर्को कुरा उपभोक्ताबाट गरिने कामलाई निरुत्साहित गर्नु आबश्
















