सञ्चार समाचारदाता
सिमकोट । प्रेश चौतारी नेपालको जिल्ला शाखा हुम्लाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ बिहीबार सुरु भएको चौतारी छैंटौ जिल्ला अधिबेशनले निक्कै छलफलपछि बोहराको नेतृत्वमा जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
अधिबेशनले एघार सदस्यीय जिल्ला कार्य समिति चयन गरेकोमा अध्यक्षमा बोहरा, उपाध्यक्षमा रतनबहादुर रावत, उपाध्यक्ष समावेशीमा बेलुमाया महतारा, कोषाध्यक्षमा ऐटन रावल, सचिवमा मोहनसिंह बुढा र सहसचिवमा लक्ष्य कामी चयन भएका छन् त्यसैगरि सदस्यमा धनबहादुर भण्डारी, भाग्यदेवी थापा, हृदया शाही र जेनिसा भण्डारी चयन भएका छन् ।
त्यसैगरि केन्द्रय महाधिबेशन प्रतिनिधिमा नन्द सिंह र काली महतारा चयन गरिएको छ । त्यसैगरि प्रदेश अधिबेशन प्रतिनिधिहरुमा असोक भण्डारी र पदमराज हमाल चयन गरेको छ । यसअघि चौतारीको सचिव रहेका बोहराले ब्यवसायीक पत्रकारिताका लागि लाग्ने र पत्रकारको हकहितका पक्ष उभिने बताए ।












