बजार अनुमगन गर्दा पन्द्र हजारका उपभोग्य सामान बरामद

फोटो क्याप्सन सोमबार बजार अनुगमन गर्दै सामितिका सदस्यहरु । तस्बिर ःसि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट बजारका ब्यापारीहरुको पसलबाट उपभोगका लागि समय सिमा समाप्त भएका सामानहरु बरामद गरेर नष्ट गरिएको छ । जल्ला अनुमगन समितिले अनुगमन गरेका पसलहरुमा भेटिएका उक्त सामान बरामद गर्दै नष्ट गरिएको हो ।

समितिले अनुमगनका क्रममा साढे पन्द्र हजार मुल्यको सडेको मासु, उपभोग समय सिमा नाँघेको पेय पदार्थ र जङ्कफुट बरामद गरि नष्ट गरेको उद्योग उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर बिष्टले बताए ।

त्यसैगरि सदरमुकाम सिमकोटका एघार वटा पसलहरुमा अनुमगन गर्दा कुनै पनि पसलबाट उपभोक्तालाई सामान बिक्रीको बील नै दिने गरिएको पाईएन । जिल्लाभरका स्थानीय ब्यापारीहरुले पसलबाट सामाग्री बिक्री गरि सकेपछि उपभोक्ताहरुलाई अनिवार्य बील दिने ब्यवस्था गर्नु पर्ने भएको छ ।

ब्यापारीले सामान बिक्री गरिसकेपछि बील नै नदिने भएको कारण् सोमबार बजार अनुमगनका क्रममा सो निर्देशन दिने कार्य भएको हो । जिल्ला अनुमगन समितिको अनुगमन गरेका पसलहरु सबैमा ब्यापारीले सामान बिक्री गरि सकेपछि बील नै नदिएको पाईएपछि अब ब्यापारीले उपभोक्ताहरुलाई सामान बिक्रीको अनिवार्य बील दिने ब्यवस्था गर्नका लागि निर्देशन दिने कार्य गरिएको थियो ।

अबको बजार अनुगमनमा हालको जस्तै अवस्था देखिए नियमानुसार कानूनी कारवाही गरिनेछ । यसमा उपभोक्ताको पनि लापरवाही देखिएका थियो ।