लोग भण्डारी
सिमकोट । जिल्ला मै घना वस्ती रहेको ठेहे गाउँमा मानिदै आएको माघे पुर्णिमा धामी नाचेर मनाउने कार्य भएको छ । धामी र झाँक्रीले एक छाके ब्रर्त बस्ने माघ पुर्णिमा बुधबार अन्तिम दिन मनाईदै छ ।
धामी र झाँक्रीलाई तीन दिन नाच्नु पर्ने र सो क्रममा कुनै बिमार नलागोस भनेर ब्रर्त बस्नु परेको सिमकोट गाउँपालिका– २ का बम भण्डारीले बताए । धामी झाँक्रीले एकादसीबाट पुर्णिमासम्म लगातार एक छाके ब्रर्त बस्नु पर्ने माघे पुर्णिमाको धामी नाच हुने गर्छ् ।
धामी र झाँक्रीले यो पाँच दिसम्म अनिवार्य ब्रर्त बस्नै पर्ने स्थानीय नियम रहेको बताउदै उनले त्यो बेला पनि भात र दुध दही मात्र खाने गरेको जानकारी दिए । बिशेष गरि धामीले त्रियादसीबाट पुर्णिमासम्म तीन दिन लगातार नाच्नु पर्ने भएको कारण ब्रर्त बस्नु पर्ने अवस्था रहेको हो । ब्रर्त नवसे धामीहरुलाई नाच्ने क्रममा कुनै बिराम वा बेथा लागे राम्रो नहुँने भएपछि ब्रर्त वस्नु परेको हो ।
ठेहे गाउँका धामी र झाँक्रीहरु गाउँबाट बाझाघाजा सहित रामपाल माडुमा जाने र सो माडुमा पालै पालो नाँच्ने गर्छन् भने बुधवार अर्थात पुर्णिमाको दिनमा लागाको माडुमा गएर धामीहरु नाच्नु हुन्छ । वर्ष भरि देवी देवतासंग भाकल गरिएको खसी वली, चौरी गाई, घोडा पनि चढाउने गरिन्छ ।
यसका लागि हुम्ला जिल्लाभरका र दार्चुला जिल्लाका ब्यासी समुदाय पनि आउने गर्नु हुन्छ । दिउसो धामी नाच्ने, पुजापाठ गर्ने र राती महिला पुरुष मिलेर देउडा गाउने गरिन्छ । पुजापाठ गर्न रमाईलो मनाउन बाहिरबाट आएका पाहुनाहरुलाई पालो लगाएर घरघरमा खाना खुवाउने पनि गरिन्छ ।

















