सि.टा. समाचारदाता
सिमकोट । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस हुम्ला जिल्लामा मनाउनका जिल्ला स्तरी मुल समारोह समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वपक्षीय बैठकले यसवर्ष उक्त दिवस तीन दिन विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाउने निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख दिफ भण्डारीको अध्यक्षमा जिल्ला स्तरीय मुल समारोह समिति गठन गरिएको छ । समितिमा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरु, संघसंस्थाका प्रमुख, नागरिक समाज अगुवाहरु रहेका छन् ।
त्यसैगरि दिवस मनाउन फागुन ६, ७ र ८ गते सबै सरकारी कार्यालय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यलयमा राष्ट्रिय झण्डा राख्ने, साँझ सवै कार्यालय, जिल्लावासीको घरमा दिपावली गरिनेछ । त्यसैगरि फागुन ७ गते बाझाघाजा सहितको र्याली लोकतन्त्र चोकबाट निकालेर जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत हुनेछ । सो कार्यक्रममा स्थानीय महिलाहरुले पहिरनमा देउडा गीत गाउने छन भने लामा महिलाहरु ठाईकोर नाच प्रर्दशन गर्नेछन् ।
फागुन ८ गते सवै पक्षको सहभागिता शिब मन्दिरको सरसफाई गरिनेछ भने जिल्ला अस्पतालले आवश्यकताको आधारमा रक्तदान कार्यक्रम सञ्चालन गर्नेछ । बैठकमा कावा समन्वय प्रमुख भण्डारी, प्रजिअ नारायण पाण्डे, नेपाली काँग्रेसका सचिव कृष्णबहादुर बोहरा, एमाले सचिव तीर्थराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत, रास्वपा सभापति नरजित दमाई, उद्योग बाणिज्य संघको अध्यक्ष रामबहादुर भण्डारी लगाएतको उपस्थिती रहेको छ । केही वर्ष यता यो दिवस मनाउने नगरिएको परिप्रेक्क्षमा यसवर्ष भने मनाईने भएको छ । त्यसै गरि गाउँपालिकास्तरमा पनि प्रजातन्त्र दिवस मनाउने परिपत्र जारी भएको छ ।
















