सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका तीन वटै सुरक्षाकर्मीहरु मिलेर सम्युक्त रुपमा गाउँघरमा हुने आगलागी, डँढेलो र ग्यासबाट हुने आगलागी नियन्त्रण सम्वन्धि डेमो प्रर्दशनी गर्नु भएको छ ।

यसको नियन्त्रण र न्यूनीकरण गर्नका लागि सर्वसाधारणमा जनचेतना जोगाउनका लागि यो डेमो प्रर्दशन गरिएको हो ।

मानव बस्ती र बनजङ्गलमा हुने तीन किसिमको आगलागी नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी बलको अगुवाईमा डेमो प्रर्दशनी सिमकोट गाउँपालिका– ५ को सिमसार क्षेत्र गरिएको हो । गत माग ३० गते वसेको जिल्ला सुरक्षा समितिको बैठकले यो प्रर्दशनी गर्ने निर्णय गरेको थियो ।
यसमा नेपाली सो र जनपद प्रहरीले सहयेग गरेको थियो । यसमा घर आगलागी, बन जंङ्गल आगलागी र खाना पकाउने ग्याँसबाट हुने लागलागीलाई नियन्त्रणमा लिने तरिकाको सुरक्षाकर्मीहरुले प्रर्दशनी गरेका थिए ।

त्यसैगरि प्रर्दशनी कै क्रममा आगलागी भई सकेपछि त्यसलाई नियन्त्रण लिने, तत्काल उद्धार गर्ने र प्राथमिक उपचार गर्ने तरिका पनि गरिएको थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आगलागीका घटना नहुनु पर्ने तर भै रहने भएको कारण यस्ता चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यक्रममा दलको तर्फबाट राप्रपा अध्यक्ष बिकास महतले हुम्लाका घरहरु निक्कै आगलागीको निक्कै जोखिममा रहेको बताए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राई, बराह दल गुल्म रानीवनका गुल्मपति सन्तोस कुमार अधिकारी,

राष्ट्रिय अनुसन्धान प्रमुख राजकुमार न्यौपाने, एमाले सचिव तीर्थराज बोहरा, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहदुर भण्डारी, पत्रकार महासंघका अध्यक्ष राजन रावत, फोनिजका अध्यक्ष नरजन तामाङ,

वन उपभोक्ता समितिका सदस्यहरु, सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो

















