सि.टा. समाचारदाता
सिमकोट । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस हुम्ला जिल्लामा बिभिन्न कार्यक्रम गरि मनाईदै छ । यसवर्ष उक्त दिवस तीन दिन विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन लागिएको हो ।
दिवस मनाउन फागुन ६, ७ र ८ गते सबै सरकारी कार्यालय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यलयमा राष्ट्रिय झण्डा राख्ने, साँझ सवै कार्यालय, जिल्लावासीको घरमा दिपावली गरिनेछ । बुधवार अर्थात फागुन ७ गते बाझाघाजा सहितको र्याली लोकतन्त्र चोकबाट निकालेर जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत हुनेछ ।
सो कार्यक्रममा स्थानीय महिलाहरुले पहिरनमा देउडा गीत गाउने छन भने लामा महिलाहरु ठाईकोर नाच प्रर्दशन गर्नेछन् । फागुन ८ गते सवै पक्षको सहभागिता शिब मन्दिरको सरसफाई गरिनेछ भने जिल्ला अस्पतालले आवश्यकताको आधारमा रक्तदान कार्यक्रम सञ्चालन गर्नेछ । केही वर्ष यता यो दिवस मनाउने नगरिएको परिप्रेक्क्षमा यसवर्ष भने मनाईदै छ ।














