सिमकोट गाउँपालिकाद्धारा फागुन १२ गते सार्वजनिक बिदा

सि.टा.समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाले फागुन १२ गते सोमबार एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । हुम्ला जिल्ला कै चर्चित चैतलो पर्व मनाउनका लागि गाउँपालिकाले सार्वजिनक बिदा दिएको हो ।

सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँ तथा ५ र ६ का वासिन्दाहरुलाई चैतोलो पर्व मनाउने भएको कारण एक दिन सार्वजनिक बिदा दिईएको हो । यी वडाका महिलाहरुले चैतलो पर्वमा गीत गाउदै नाच्ने भएको कारण सार्वजनिक बिदा दिईएको होे ।

आईतबार उपाध्यक्ष रोकायाले हस्ताक्षर गरेर सार्वजनिक गरिएको पत्रमा सोमबार सार्वजिनक बिदा दिईएको उल्लेख गरिएको छ । बिदामा गाउँपालिकाको कार्यालय बन्द रहनेछ भने शैक्षिक संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयहरु एक दिनका लागि बन्द रहनेछन् । सिमकोट गाउँपालिका २०७९ सालबाट चैतलो पर्वको अवसरमा सार्वजनिक विदा दिदै आएको छ ।