सि.टा. समाचारदाता
सिमकोट । सोमबार फागुन १२ गते सिमकोट गाउँपालिका– १ र २ ठेहे गाउँ र ५ को खाद्यक गाउँ तथा ६ को माथिल्लो गाउँ पाम्वाडामा चैतलो पर्व मनाउने तयारी भई रहेको छ । यो पर्व यी गाउँमा हरेक वर्ष मनाउने गरिदै आएको छ ।
महिलाहरु पँहेलो पहिरनमा महंगा गरगहनामा सजिएर चैतलो गाउने गर्छिन । महिलाहरु दुई समुहमा मिलेर गीत गाउँ भएको कारण यसको महव्त आफनै छ । यस पर्वलाई तीन गाउँका महिलाहरुले तीजभन्दा पनि ठूलो पर्वरुपमा मान्ने गर्नु हुन्छ । आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ऋतुको सुरुवाती ऋतु बसन्तको आगमनलाई स्वागत गरेर वर्षभरि नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रूपमा चैतलोलाई मानिँदै आएको छ ।
गीत गाउने महिलालाई आफन्त र नजिकका छिमेकीले घरमा बोलाएर मासु लगाएतका मिठा परिकार तयार पारेर खुवाउने पनि गरिन्छ । महिलाहरु विशेष पहिरन र आभुषण लगाएर खेल्न पाउने महिला पर्व हो । यो पर्वमा चैतलो खेल्न जाने महिलाले अनिवार्य रूपमा रेशमी कपडाको पहेलो वस्त्रको लगाउनु परम्परा नौलो र मौलिक रहेको छ ।
चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खश क्षेत्री समुदायले मान्ने पर्वक हो । यस्ता चाडपर्वले समाजलाई मौलिकता दिने कार्य गरेका छन् । प्रचारप्रसार गर्न गराउन सकेमा सांस्कृतिक पर्यटनका लागि पनि फाईदा पुग्ने विश्वास ब्यक्त् गर्नुभयो ।
यो पर्वमा देवदेवीको गुणगान गाउने गरिन्छ । यो अवसरमा पाहुना तथा अतिथिलाई पनि सम्मानका साथ खानपान गर्ने गराउने चलन रहेको छ । दुई समुह बनाएर ठेहे गाउँको भुओखाडो र सिमकोटको चौपाडीमा सामुहिक महिला जम्मा देवीदेवताका साथै सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक सन्दर्भ उल्लेख गरिएका मांगल, फाग, चार्ची, चुडकिलाका साथै देउडा गीत समेत गाउँले र खेल्ने गरिन्छ । युवायुवतीले रातभर देउडा गाउने गर्छन ।

















