सिंचाईका लागि लिफ्ट प्रर्णालीबाट कर्णाली नदीको पानी तान्ने कार्य सफल

फोटो क्याप्सन लिफ्ट प्रर्णालीबाट तुम्चमा कर्णाली नदीबाट पानी तानेर परिक्षणका रुपमा ट्याङ्की खसाल्ने कार्य हुँदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । खेती योग्य जमिनमा सिंचाईका लागि कर्णाली नदीको पानी लिफ्ट प्रर्णालीबाट तानेर ट्याङ्कीमा खसाल्ने कार्य सफल भएको छ । सोलारको पावर प्रयोग गरेर मेशिनबाट कर्णाली नदीको पानी तानेर ट्याङ्कीमा खसाल्ने कार्य परिक्षण गर्दा यो सफल भएको हो ।

तल कर्णाली नदी सदावहार बग्ने तर माथि सर्केगार्ड गाउँपालिका– १ र अदानचुली गाउँपालिका– २ को सिमानामा पर्ने तुम्चको खेती योग्य जनिममा लगाएका बाली खडेरीले सुक्ने पिडा उक्त गाउँका किसानहरुका लागि सधै रहन्थ्यो । त्यही भएर सर्केगार्डतर्फको तुम्च गाउँकी किसान जगत मल्लले अब कर्णालीको पानीबाट सिंचाई गर्ने दिन नजिकिएको बताईन ।

किन कि सोलार जडान गरेर कर्णाली नदीबाट लिफ्ट प्रर्णाली मार्फत पानी तानेर ट्याङ्कीमा खसालेको देखेपछि अब खेती योग्य जमिनमा सिंचाई हुने कुरा किसानमा बिस्वास लागेको होे । कर्णाली नदी बग्ने तर त्यसको हुम्लाको तराई भनेर चिनीने तुम्तको खेती योग्य फाँटमा सिचाई गर्न नसकिएको पिडा धेरै भोगेका थिए । अव सदावहार सिंचाई गर्न पाउने आशा पलाएको बताउदै सो जग्गामा सदाबहार खेती गर्न सकिने र उत्पादन पनि बृद्धि हुने हुनेछ ।

पहिलो पटक लिफ्ट प्रर्णालीबाट तुम्चमा कर्णाली नदीको पानी तानेर पाँच सय मिटर माथि निर्माण गरिएको ट्याङ्कीमा खसाल्ने कार्य सफल भएको खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । यसका लागि २०७९ सालको असारमा निर्माण कम्पनी र कार्यालयबिच सम्झौता भएको थियो ।

त्यसयता निर्माण कार्य निरन्तर भई रहेको र केही दिन अगाडीबाट निर्माण भएको लिफ्ट प्रर्णालीबाट पानी तानेर ट्याङ्कीमा खसाल्ने कार्य सफल भएको होे । पानी ट्याङ्कीमा जम्मा गर्ने र त्यही पानी खेती योग्य पचास हेक्टर जनिममा सिंचाईका लागि बितरण गरिने छ ।

अब ट्याङ्कीबाट खेती योग्य जग्गामा सिंचाई नहर निर्माण गर्ने कार्य भई रहेको र आगामी असारसम्म सिचाई सञ्चालनमा आउने भएको छ । यसबाट तुम्च गाउँका २५० घरधुरी प्रत्यक्ष रुपमा लावान्भित हुनेछन् ।

यो लिफ्ट प्रर्णालीका लागि कार्यालयले तीन करोड ७७ लाख रुपियाँ बजेट खर्च गर्ने गरि निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । हुम्ला जिल्लाको कवाडीबाट हिल्सासम्म १८५ किलो मिटर क्षेत्रमा कर्णाली नदी बग्ने गरेको भएपनि पहिलो पटक उक्त नदीबाट स्थानीय उपभोग गर्न लाग्नु भएको हो ।