चार दिनदेखि हवाई सेवा अबरुद्ध

फोटो क्याप्सन मौसम बिग्रीएपछि सिमकोट बिमानस्थलको अवस्था । तस्बिर ः सि.टा.

लोग भण्डारी

सिमकोट । हिमाली जिल्ला हुम्लामा चार दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको छ । हिमपात र हावा लागेको कारण लगातार चार दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको हो ।
गत बिहीबारबाट हवाई सेवा अबरुद्ध हुँदै आएको सिमकोट बिमानस्थलले जानकारी दिए ।

गत बिहीबार हावा लागेको कारण उडान हुन सकेन भने त्यसयता भने लगातार हिमपात र वर्षको कारण उडान हुन सकेको थिएन । एकातिर उडान कम भई रहेको बेला अर्कोतर्फ प्रकृतिले पनि साथ नदिएको कारण उडान नभएपछि यात्रुहरु मर्कामा परेका छन् ।

यसबाट नेपालगंजबाट सिमकोट आउने एक सय यात्रुहरु नेपालगंज बिमानस्थलमा अलपत्र परेको अबस्था रहेको छ । दैनिक एयरपोर्टमा जाने र दिउसो एक वजेपछि उडान स्थगित हुँदा बाहिर निस्कने कार्य दैनिकी जस्तै भएको यात्रुहरुले पिडा पोख्नु भएको छ । हाल समिट एयरले दैनिक उडान भर्दै आएको थियो भने सीता एयरले आफ्नो सेडुअल उडान मात्र हप्ताको एक पटक भर्ने गरेको छ । तारा एयर उडान नै बन्द गरेको छ ।