हुम्लामा शिक्षक आन्दोलित पठनपाठन ठप्प

फोटो क्याप्सन आन्दोलनरत शिक्षकहरु सिमकोट बजारमा र्याली निकाल्दै । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । काठमाडौं केन्द्रीत नेपाल शिक्षक महासंघको आन्दोलनलाई सर्मथन गदै हुम्लाका शिक्षकहरुले आन्दोलित हुँदै आएका छन । काठमाडौं जान नसकेपछि जिल्लामा शिक्षकले दश दिनदेखि आन्दोलन गर्दा जिल्लाभर पठनपाठन भने ठप्प भएको छ ।

दश दिन देखि आन्दोलन गर्दा पनि सरकारले शिक्षकका माग पुरा गर्ने कुनै छाँट नदेखाएको भन्दै हुम्लाका शिक्षकले आफ्नो आन्दोलन जारी राखेका छन् । शुक्रबार सिमकोट बजारको लोकतन्त्र चोकबाट शिक्षकहरुले र्यली निकालेर सिमकोट बजारको परिक्रमा गर्दै आन्दोलन गरेका थिए ।

र्याली पछि शिक्षा बिकास तथा समन्वय एकाईमा पुगेर धर्नाका परिणत भएको थियो । चैत २० गतेबाट हुम्लाका शिक्षकहरुले लगातार आन्दोलन गर्दै आएका हुन । सडक मार्ग चैत २५ गतेबाट बन्द भएको छ भने हवाई मार्ग नियमित नभएको कारण काठमाडौं जान नपाएको कारण जिल्लामा शिक्षकले आन्दोलन गरेर समर्थन गरि रहेका छन् ।

जिल्लामा महासंघ गठन नभएको कारण महासंघका आवद्ध संघ संगठनले हडतालको नेतृत्व लिनका लागि संघ संगठनहरुलाई जिम्मेवारी तोकिएको छ ।