सि.टा. समाचारदाता
सिमकोट । स्काभेटर पल्टिदा चालक सहित दुई जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी नायव उपरिक्षक शंकर पोखरेलका अनुसार चैनवाल स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली गाउँपालिका– २ का ३१ वर्षका अर्जुन कामी र अर्का एक जना वर्ष ४५ मा परवल कामीको मृत्यु भएको छ । प्रदेश नम्बर २–०३–००१क ०९७५ को स्काभेटर सडकबाट पल्टिएको थियो । यसअघि बिग्रीएर सडक मै राखिएको स्काभेटरलाई चालक कामीले चलाएर लैजाने क्रममा पल्टिदा सडकबाट एक सय मिटर तल खसेको थियो ।
गम्भीर घाईते अवस्थामा दुवै जनालाई श्रीमष्टा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उपचार कै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । दवै लास प्रसुती गृह पिप्लाङमा राखिएको र पोष्ट मार्टम जिल्ला अस्पताल वा बाजुराको कोल्टी लिने छलफल भई रहेको छ । सो दुर्घटना आईतबार वेलुका भएको हो । लोतीबाट मिमी जाने क्रममा स्काभेटर पल्टिएको हो ।
























