पुर्ब मुख्यमन्त्री शाहीद्धारा खार्पु दोजाम पर्यटकीय सडकको उद्घाटन ( फोटो फिचर )

सि.टा.समाचारदाता
सिमकोट । चार वर्षदेखि निर्माणाधिन खार्पु चुवा खोला सडकको खार्पु दोजाम खण्डको सडकको सोमबार उद्घाटन गर्ने कार्य भएको छ ।

सडकको खार्पुमा आयोजना गरिएको एक कार्यक्रमकाविच कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने कार्य गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै उनले निर्माण कम्पनीले केही ढिलो गरि काम सम्पन्न गरेको भएपनि सडक निर्माण कार्य भएको बताए ।

यसबाट दोजामवासी मात्र नभएर ठेहे गाउँवासीलाई समेत सहज भएको उनले बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य कलबहादुर हमाल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोट

गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सर्केगार्ड

गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह सर्केगार्ड

गाउँपालिकाका उपाध्यक्ष देवकी तिमिल्सीना, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफ्नो भनाई राखेका थिए ।