सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुई करोड लागतमा फटसलका लागि ग्राउण्ड निर्माण गर्ने कार्य भएको छ । निर्माण कार्य पुरा भएको फुटसलको ग्राउण्डलाई नयाँ वर्षको अवसर पारेर सोमबार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका हुन ।
दिप प्रज्वलन गरेर पुर्वमुख्यमन्त्री शाहीले ग्राउण्डको उद्घाट गरेका थिए । । नीजि स्तरमा ठुलो लगानी गरेर फुटसल ग्राउण्ड निर्माणले खेलकुद क्षेत्रको बिकासमा ठुलो सहयोग पुग्ने बिस्वास फुटसल ग्राउण्डको उद्घाटन गर्दै पुर्वमुख्यमन्त्री शाहीले बताएका थिए ।
नीजि स्तरमा दुई करोड लगानी गरेर फुटसलका लागि ग्राउण्ड निर्माण गर्ने कार्य भएको हाई अल्टच्यूट ईन्डोर स्पोर्टका सञ्चालन राजबहादुर बस्नेतले बताएका छन् । उनले निर्माण भएको ग्राउण्ड नयाँ वर्षको पहिलो दिनबाट सञ्चालननमा समेत आएको जानकार दिएका थिए ।
ग्राउण्ड निर्माण गर्नुको लक्ष्य ब्यापारसंगै खेल क्षेत्रको बिकासका लागि पनि भएको उनले बताएका थिए । फुटसल ग्राउण्डसंगै ब्याटमेन्टन कोर्ट, स्कि लगाएतका खेलका लागि पनि संरचना निर्माण गरिएको छ । छ महिनामा यी संरचना निर्माण गरिएका हुन ।
यसको निर्माणले सानादेखि ठुला सवै खाले खेलाडीहरुलाई अभ्यास गर्न सहज समेत हुनेछ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, नाम्खा उपाध्यक्ष तकदिर लामा, दलका तर्फबाट माओवादी केन्द्र संयोजक डा दिपेन्द्र रोकायाले शुभकामना मन्तव्य दिएका थिए ।

















