जिल्ला हक्की सङ्घलाई खेल सामाग्री सहयोग

फोटो क्याप्सन जिल्ला हक्की सङ्घलाई खेल सामाग्री हस्तान्तरण गरिदै । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । नेपाल हक्की संघ हुम्ल शाखालाई बिभिन्न खेल सामाग्रीहरु सहयोग गरिएको छ । हक्की खेलाडीहरुलाई अभ्यास खेल खेल्न सहज होस भन्नका लागि सिमकोट गाउँपालिकाले आफ्नो बार्षिक कार्यक्रम तर्जुमा गरेर ती खेल सामाग्री सहयोग गरेको हो ।

हक्की सङ्घको माग अनुसार गाउँपालिकाले बजेटको ब्यवस्था गरेर हक्की खेलका लागि आवश्यक पर्ने खेल सामाग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए ।

समग्र खेल क्षेत्रका लगि सहयोग गर्नु पर्ने भएपनि हुम्ला जिल्लाका हक्की खेलको भविष्य राम्रो रहेको भएपनि खेल सामाग्रीको अभावमा खेलाडीले अभ्यास गर्न नपाएपछि यी सामाग्री सहयोग गरिएको होे ।

सङ्घलाई सहयोग गरिएका हक्की खेलका सामाग्रीहरुमा साठी थान हक्की स्टिक, चालीस थान सिडानार्ठ , चालीस थान व्रिफ, दुई थान हेल्मेट, दुई थान किड, ५० वटा बल, छ जोर ग्लोव, चार थान फेसमक्स र पाँच वटा खेल सामाग्री राख्ने झोला प्रदान गरिएको छ ।

यसका लागि गाउँपालिकाले पाँच लख बजेट खर्च गरेको छ । खेल सामाग्री प्राप्त गरेपछि हक्की संङ्घ हुम्लाका अध्यक्ष रामजन रावतले अब खेलाडीलाई अभ्यास खेल खेल्न सहज भएको बताए ।

आवश्यक खेल सामाग्री प्राप्त भएपछि अव खेलडीहरु नियमित अभ्यास गर्ने छन् । हक्की खेलका लागि कर्णाली प्रदेशबाट सबै खेलाडी हुम्ला जिल्लाका रहेका छन ।