पुर्वमुख्यमन्त्री शाही जिल्लाबाट फिर्ता

फोटो क्याप्सन जिल्लावाट फिर्ता हुने क्रममा सिमकोट बिमानस्थलमा पुर्व मुख्यमन्त्री शाही । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाही जिल्लावाट फिर्ता भएका छन । जिल्लाका बिकासे कामको शिलशिलामा हुम्ला आई पुगेका शाही शुक्रबार सिमकोट सुर्खेतका लागि नेपालगंज तर्फ लागेका हुन ।
जिल्लामा जुन कामको लागि आएको र त्यो काम सम्पन्न भएपछि अव प्रदेशतर्फ फिर्ता भएको पुर्वमुख्यमन्त्री शाहीले सिमकोट टाईम्सलाई वताए ।

नेपाली काँग्रेस कर्णाली प्रदेश सभाका संसदीय दलका नेता समेत रहेका शाही बिशेष गरि हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सरकारका लागि आगामी आर्थिक वर्षका लागि योजनाहरु सिफारिस गर्नका लागि जिल्ला आई पुगेका थिए । उनी जिल्ला स्तरीय सिफारिस समितिका संयोजक समेत रहेका थिए । उनले समितिले सबै मन्त्रालय गरेर पाँच हजार योजनाहरु जिल्लावाट सिफारिस गरिएको बताए ।

अर्को कुरा जिल्लामा उनले खार्पु दोजाम र चुवाँखोला सडकको निर्माण भएको खण्डको उद्घाटन र निर्माणधिन खण्डको स्थलगत अनुगमन समेत गरेका थिए । त्यसैगरि उनले जिल्ला बिपद समितिको वैठकमा समेत सहभागीता जनाएका थिए ।