बाेक्चेगाैडा सडक चार दिन खुल्ने

सि.टा समचारदाता
सिमकाेट बन्द हुदै अायकाे कर्णाली करिडाेरकाे बाेक्चेगाैडा सडक चार दिन खुल्ने भयकाे छ । सर्बसाधरणकाे हितलाई ध्यानमा राखेर सडक सुचारु गरेकाे हाे । बैशाख १० गते देखि १३ गते सम्म हाल बन्द रहेकाे बाेक्चेगाैडा  सडक सुचारु हुने प्रमुख जिल्ला अधिकारी नारायण पाण्ड्येले जानकारि दिए । सडक सञ्चालन हुने चार दिन सबै खालका यातायातका साधनहरु सुचारु हुने छन ।

यसबाट चारदिनकाे अबधिमा सबै खाले यातायातका साधन संचालन भयर सेवा प्रवाहा गर्न उनले अाग्रह गरे । बिकास निर्माणका काममा बाधा नपुगाेस र यात्रुहरुलाई पनि अावातजावत सहजता हाेस भन्ने सेनाले चार दिन सडक निर्माणकाे काम राेखेर सुचारु गर्न लागेकाे हाे । गत चैत्र २५ गते बाट सेनाले सडक निर्माणकाे काम गर्दै सडक बन्द गरेकाे थियाे