
सि.टा. समाचरादाता
हुम्ला । उत्तरी क्षेत्रमा सञ्चालन भएको घुम्ती शिबिरमा चार सय भन्दा वढी सीमा पास वितरण गरिएको छ । तीनदेखि चार दिन लगाएर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा आएर सेवाग्राहीले सीमा पास लिनु पर्ने अवस्था आउदा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिबिर सञ्चालन गर्न जाने क्रममा बाटोमा भेटिएका सेवाग्राहीलाई पनि पास तयार पारेर बितरण गरिएको हो ।
नाम्खा गाउँपालिका– ५ को यारी गाउँका निमा लामाले नारा लेकमा पहिलो पटक सीमा पास पाउदा खुसी लागेको बताए । यदी यही पास लिन सदरमुकम सिमकोट पुग्नु परेको भए पाँँच दिन समय लाग्ने र खर्च पनि त्यति कै लाग्ने भएपनि गाउँघरमा शिबिर सञ्चल गरेर सीमा पास दिने ब्यवस्था गरिदा सहज रुपमा सेवाग्राहीले सुबिधा पाएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी स्थलगत रुपमा उपस्थित भएर पहिलो पटक सीमा पास बितरण गरिएको छ ।
चारदेखि पाँच दिन लगाएर सीमा पास लिन सेवाग्राही सिमकोटमा आउनु परेको प्रत्यक्ष अनुभूति भएपछि नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङदेखि सीमा क्षेत्र हिल्सासम्म शिबिर सञ्चालन गर्ने निर्णय कार्यालयले गरे अनुसार काम सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । चीनकाे सीमा जोडिएका जिल्लाका स्थानीयलाई उक्त पासका आधारमा सीमा क्षेत्र हिल्साबाट तीस किलो मिटर दुरीसम्म जान दिने भएको कारण यो पास लिने गरिन्छ ।
सबै कुरा सेवाग्राहीको सहजताका लागि आफु स्थलगत रुपमा पुगेर पाच स्थानमा शिबिर सञ्चालन गरेर ३७ पास बितरण गरिएको होे । यसमा ७६ नयाँ र २९८ नबिकरण गरिएका सीमा पास बितरण गरिएको थियो ।
शिबिर सञ्चालन गरिएका स्थान अनुसार गाउपलिका केन्द्र याल्वाङमा ७ नयाँ र ११४ नविकरण गरिएको छ भने तुम्कोटमा १६ नयाँ र ३४ नविकरण, यारीमा छ नयाँ र ८६ नविकरण र सीमा क्षेत्र हिल्सामा छ जनालाई नयाँ बितरण गरिएको छ भने ६४ जनाको नविकरण गरिएको छ ।
हिल्सामा सञ्चालन गरिएको शिबिरमा चीनको ताक्लकोटमा रहदै आएका हुम्लवासी आएर आफ्नो सीमा पास नविकरण गरेको उनले बताए । हिल्सा पुग्नका लागि सडकमा हिउ जमेको कारण प्रजिअको टोलीले चार घण्टा पैदल हिडेर शिबिर सञ्चालन गर्नु परेको थियो ।
त्यसैगरि सीमा पास बितरणका लागि टोली आएको सेवाग्राहीले थाहा पाएपछि बाटोमा गाडी रोकेर पनि पास बितरण गर्नु परेको बताए । यस पटक प्रमुख जिल्ल अधिकारी आफै आएर सीमा पास शिबिर सञ्चाल गरेर धेरै नाम्खा गाउपालिकावासीले प्रत्यक्ष रुपमा सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो ।














