१६ वर्षे गर्भवतीको हेलिकोप्टरबाट उद्धार

फोटो क्याप्सन गर्भवती को हेलिकोप्टरबाट उद्धार गरिदै । तस्विर ः सौजन्य जनक शाही

सि.टा. समाचारदाता
सिमकोट । तीन दिन देखि सुत्केरी बेथा लागेकी एक जना गर्भवती महिलाको उद्धार गरिएको छ । सोमबार बिहान ती गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो ।

सिमकोट गाउँपालिका– २ की वर्ष १६ की पुस्पा बोहरा भण्डारीलाई बेथा लागेको तीन दिनपछि उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । २८ हप्ताकी गर्भवती ती महिलालाई समय नपुग्दै बेथा लागेको उहाँले बाउनुभयो ।

बच्चाको टाउकाे अगाडी हुनु पर्नेमा साल अगाडी आएको थियो । ती गर्भवती महिलालाई आईतबार समस्या देखिएको र सोमबार बिहान जिल्ला अस्पतालमा ल्याईएको थियो ।

सोमबारै जिल्ल बाहिर रिफर गरिएको भएपनि खराव मौसमको कारण हेलिकोप्टर आउन सकेको थिएन । पेटमा बच्चा तेस्रो रहेको र साल अगाडी बसेको समस्या देखिएपछि जिल्लामाा उपचार हुने अवस्था नदेखिएपछि जिल्ला बाहिर रिफर गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कर्यक्रमको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । यसवर्ष यो छैटौ उद्धार हो । यसअघि बिभिन्न मितिमा पाच जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको थियो ।