सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित हुदै

फोटो क्याप्सन पुर्ण खोप सुनिश्चिताका लागि अनुमगन गरिदै । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित हुने भएको छ । यस अघि आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बलबालिका कोही पनि खोप नलगाएको भेटिएपछि अब गाउँपालिकालाई घोषणा गर्ने कार्यक्रम तय गरिएको हो ।

बैशाख २० गते गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित घोषित गर्ने कार्यक्रम तय भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । वडाहरु घोषित भई सकेपछि गरिएको अनुगमन कार्यमा पनि कुनै पनि वडाका वस्तीमा निर्धारित उमेरका बालबालिकाहरु खोप नलगाएको नभेटिएको कारण अब गाउँपालिकालाई घोषित गर्ने बाटो खुलेको उनले बताए ।

एक कार्यक्रमको आयोजना गरि पुर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी गरिएको छ । शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरु आठ वटै वडामा ४५५ जना रहेका छन । जसमा दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ उक्त उमेर समुहका बालबालिका रहेका छन् ।

त्यसैगरि ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना, वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा दश जना, जिल्ला अस्पतालमा २३ जना, माथिल्लो गाउँ आधारभुत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना, स्याडा स्वास्थ्य चौकीमा १४३ जना बालबालिका रहेका छन् । खोप लिई रहेका जन्मदा देखि पन्द्र महिनासम्मका बालबालिका भने १८४ जना रहेका छन् ।