मे दिवसका अवसरमा बिरामीलाई जुस र अण्डा

फोटो क्याप्सन दिवस मनाउने क्रमका तस्बिर । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस ( मे ) अवसरमा हिमाली जिल्ला हुम्लामा अस्पततालमा भर्ना भएका बिरामीलाई जुस र अण्ड बिततरण गरेर मनाईएको छ । नेपाल ट्रेड युनियन काँग्रेस हुम्ला शाखाको आयोजनामा उक्त कार्य गरिएको हो ।

बिहीबार बिहान १३६ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने क्रममा हुम्ला जिल्लामा जिल्ला अस्पतालमा भर्ना भएका बाह्र जना बिरामी र सुत्केरी महिलालाई जुस, अण्डा र बिस्कुट सहयोग गरिएको छ । सामाजिक बिकास कार्यालयको आर्थिक सहयोग र नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो ।

अस्पतालको बेडमा भर्ना भएका बिरामीहरुलाई नेपाली काँँग्रेसका का.वा.सभापति कैलाश भण्डारी, नेपाली कग्रेस नम्बर प्रदेशका सभापति तकदिर लामा, नेपल शिक्षक संघका उपमहासचिव कालीबहादुर शाही निजामति कर्मचारी युनियनका अध्यक्ष बिशाल बोहरा, महिला संघकी अध्यक्ष शुशिला शाह, नेपाल बिधर्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिका अध्यक्ष अंगबहादुर सिंह, जिल्ला अस्पतालक डाक्टर उमाकातत तिवारी लगाएत सामाग्री प्रदान गरेका थिए ।

सामाग्री सहयोग पछि आयोजित कार्यक्रममा काँँग्रेस कावा सभापति भण्डारीले दिवसको अवसरमा श्रमिकलाई शुभकामन दिए । ट्रेड युनियन काँँग्रेसका अध्यक्ष् राजन रावतको अध्यक्षतामाा कार्यक्रम आयोजना भएको थियो । बिहान साठे आठ वजे सिमकोट बजारको काली चोकबाट ब्यानर सहित निस्केको र्यालीले अस्पतालमा पुगेर बिरामीलाई भेटेर फलफुल तथाा जुस सहयोग गरेको हो । र्यालीका सहभागीहरुले बिभिन्न नाराहरुका बोकेका थिए ।