साहित्यकार बसन्तश्रीको “भोट ” खण्ड काव्यको बिमोचन हुँदै

सि.टा. समारचादाता
सिमकोट । साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) भोट खण्ड काव्यको बिमोचन हुने भएको छ । भोट खण्ड काव्यलाई पुस्तकको रुपमा प्रकाशित समेत भएकोले त्यसको बिमोचन कार्यक्रम राखिएको हो ।

हुम्ला जिल्लाका स्थायी बाासिन्दा साहित्यकार रोकायाले आफ्नो बाह्रौ कृतिका रुपमा भोट खण्ड काव्यलाई काठमाडौंको सुकेधारा चोकको लेभिस गार्डेनमा बिमोचन कार्यक्रम राखेका छन् । बैशाख २१ गते दिउसो १ बजे बिमोचन कार्यक्रम हुनेछ ।

यसको बिमोचन कर्णाली प्रदेशक पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बिमाोचन गर्ने काार्यक्रम तय गरिएको छ । यसको आयोजना नेपाली लेखक संघ केन्द्रीय कार्य समितिले गर्नेछ । यो साहित्यकार वसन्तश्रीकाे बाह्रौ कृति हो । यस अघि खण्डकाब्य, कविता, कथा, निबन्ध लगाएतका कृर्तिहरु प्रकाशित भई सकेका छन् ।