सिमकाेट पुर्ण खोप दिगोपना सुनिश्चित गाउँँपालिका घोषित

फोटो क्याप्सन घोषणा कार्यक्रमका झलक । तस्बिरः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका पुर्ण खोप दिगोपना सुनिश्चित घोषित भएको छ । शनिबार गाउपालिकाको आयोजनामा बिभिन्न चरण पुरा भएको भन्दै एक सार्वजनिक कार्यक्रमको आयोजना गरेर सो कार्यक्रम आयोजना गरिएको हो । आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट गरिएको अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिका कोही पनि खोप नलगाएको नभेटिएपछि अब गाउँपालिकालाई घोषणा गरिएको हो ।

गाउँँपालिकाका आठ वटै वडाहरु पुर्ण खोप दिगाोपना सुनिश्चित घोषित भएको गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए । एक कार्यक्रमको आयोजना गरि सिंङ्गो गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले घोषणा गरेक थिए । घोषणा कार्यक्रममा आठ वटै वडालाई कदर पत्र प्रदान गरिएको थियो ।

गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गर्ने कार्यक्रमले अव आगामी दिनमा यसलाई निरन्तरता दिनु पर्ने आबश्यता बक्ताहरुले औल्याएका थिए । वडाहरु घोषित भई सकेपछि गरिएको अनुगमन कार्यमा पनि कुनै पनि वडाका वस्तीमा निर्धारित उमेरका बालबालिकाहरु खोप नलगाएको नभेटिएको कारण अब गाउँपालिकालाई घोषित गर्ने बाटो खुलेको हो ।

शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरु आठ वटै वडामा ५५५ जना रहेका छन । जसमा दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ उक्त उमेर समुहका बालबालिका रहेका छन् । त्यसैगरि ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना, वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा दश जना, जिल्ला अस्पतालमा ७३ जना, माथिल्लो गाउँ आधारभुत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना, स्याडा स्वास्थ्य चौकीमा २०४ जना बालबालिका रहेका छन् ।

खोप लिई रहेका जन्मे देखि पन्द्र महिनासम्मका बालबालिका भने १८४ जना रहेका छन् । कार्यक्रमका सहभागीहरुले प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गर्नु भएको थियो । कार्यक्रममा समन्वय समितिका प्रमुख शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्षा बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, उपाध्यक्ष शुशिला रोकाया, नेपाली काँग्रेसका उपसभापति कैशाल भण्डारी, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, रास्वपाका प्रदेश कार्यसमिति सदस्य बुदे बुढा लगाएत शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरि कार्यक्रममा बिधार्थी र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले नृत्य र महिला स्वास्थ्य स्वयम सेविकाले देउडा गाएकी थिईन । जिल्लामा सिमकोट गाउँपालिका दोस्रो घोषणा भएको हो । यसअघि चङ्खेली गाउँपालिका पहिलो घोषणा भई सकेको थियो