सि.टा.समाचारदाता
सिमकोट । सिमकोट टाईम्सका सम्पादक राजन रावत सहित चार जना सञ्चारकर्मी सम्मानीत भएका छन । जिल्लामा स्वास्थ्य क्षेत्रमा बिषयवस्तु उजागर गर्न भूमिका खेलेको भन्दै सिमकोट गाउँपालिका पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।
जिल्लामा खोप तथा अन्य स्वास्थ्य क्षेत्रका सकरात्मक र समास्याहरु सञ्चार माध्याम मार्फत उजागार गरेको कारण सञ्चारकर्मीहरुलाई सम्मान गरिएको सिमकोट गाउँपालिका स्वस्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । समाचर मार्फत पुर्ण खोप दिगोपना सुनिश्चि गर्ने कार्यमा सहयोगीको भूमिका निर्वाह गरेकोले उनीहरुलाई सम्मान गरिएको उनले बताए ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले अबिर लगाउदै सम्मान पत्र प्रदान गरेर सम्मान पत्र प्रदान गरेका थिए । सम्मान पत्र प्राप्त गरेपछि अझै ब्यवसायीक पत्रकारित गर्न प्रेरणा मिलेरको सम्पादक रावतले बताए । त्यसैगरि जिल्लाका अन्य तीन जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको छ ।
यसरी सम्मानी हुने सञ्चारकर्मीहरुमा कान्तिपुर टेलिभिजनका जनक बहादुर शाही, नेपाल टेलिभिजनका नरजन तामाङ र रेडियो कर्णाली आवाजका एैटन रावल रहनु भएको छ ।
























