लोग भण्डारी
सिमकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संङ्घको छ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । ती पालिकामा पहिलो गाउँपालिका महिला सङ्घले अधिबेशन सम्पन गरेर सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
नेपाल महिला संङ्घ केन्द्रीय समितिको परिपत्र अनुसार जिल्लाका सवै पालिकामा अधिबेशन सम्पन्न भएर नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको संङ्घकी जिल्ला अध्यक्ष शुशिला शाहले बताईन । ताँजाकोट गाउँपालिका अधिबेशनले रुपसरा रिठ्यालको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको हो ।
अधिबेशनले उपाध्यक्षद्धयमा धनी जैसी र नम्रता वैजी, सचिवमा उव्जनकली वुढा, सहसचिवमा सर्मिला थापा र कोषाध्यक्षमा मानदेवी उपाध्यायलाई चयन गरेको छ । यसैगरि अदानचुली गाउँपालिका अधिबेशनले तारा चन्दको अध्यक्षमा कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा अवकती टमटा र एैसा रोकाया, सचिवमा बसन्ती रोकाया, सहसचिवमा लालकला जैसी र कोषाध्यक्षमा धनरुपा शाहीलाई चयन गरेको छ । त्यसै सङ्घको चंखेली गाउँपालिका अधिबेशनले मायादेवी शाहीलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा तारा बुढाथोकी र रत्नकौरा हमाल, सचिवमा बन्दना परियार,सहसचिवमा शुशिला बोहरा र कोषाध्यक्षमा विजौरा तामाङ चयन गरेको छ ।
यता सर्केगार्ड गाउँपालिका अधिबेशनले सुकली रावतलाई अध्यक्षमा चयन गरेको छ भने संगिता कार्की र बलमति फडेरालाई उपाध्यक्ष, सारदा शाही सचिव, अवकती ऐडी सहसचिव र आशा फडेरा कोषाध्यक्षमा चयन गरेको छ । यता सङ्घको खार्पुनाथ गाउँपालिका अधिबेशनले बिजुली रावतलाई अध्यक्ष, मानसरा शाही र बिजा हमाल, कमल शाही सचिव, शुशिला शाही सहसचिव र केसीकला शाही कोषाध्यक्षमा चयन गरेको छ ।
यसैगरि सिमकोट गाउँपालिका अधिबेशनले अम्वीक शाही अध्यक्ष, दिफा बोहरा र बाँँचु सुनार उपाध्यक्ष, बिनकला शाही र कुसुम लामा सचिव, शोभा रोकाया कोषाध्यक्ष र बाँचकली कामी सहसचिव चयन गरेको छ । सवै पालिकामा १८ जना सदस्यहरु चयन भएकी छन ।
अव नाम्खा गाउँपालिकामा पनि चाँडै गरिनेछ । महिला सङ्घले यी गाउँपालिकाको अधिबेशन सम्पन्न गर्न दुई हप्ता लगाएको थियो । अब छिट्टै प्रदेश अधिबेशन गरेर जिल्ला अधिबेशनको तयारी गरिने उनले बताईन ।

















