अवरुद्ध भएको सत्र घण्टापछि मोवाईल सेवा सुचारु

सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमको मोवाईल सेवा अबरुद्ध भएको सत्र घण्टापछि सुचारु भएको छ । जुम्ला जिल्लाको डाँफे लेकमा रहेको टावरमा खरावी आएपछि मोवाईल सेवा अवरुद्ध हुँदै आएकोमा त्यसको मर्मत गरिएपछि सुचारु भएको हो ।
जुम्लाको डाँफे लेकमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएको कारण हुम्ला जिल्लाको मोवाईल सेवा अबरुद्ध भएको सत्र घण्टापछि सुचारु भएको टेलिकम हुम्लाकी प्रमुख रिजीआङमु लामाले बताईन ।

उनले सोमवार बेलुका सााँढे पाँँच वजेबाट अबरुद्ध भएको मोवाईल मंगलबार साँढे दश वजेबाट सेवा सुचारु भएको बताईन । रातभर टेलिकमको इन्टरनेट सेवा पनि अवरुद्ध रहेको भएपनि बिहानबाट सुचारु भएको थियो । उनले समस्या देखिएको टावरमा प्रबिधिक पुगेर मर्मत कार्य गर्दा सेवा सुचारु भएको बताईन । यसबाट सेवाग्राही सहज भएको छ ।