मागी र तानेर बिबाह गर्ने बिषय समेटिएको उपन्यास “भ्या” प्रकाशित

सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको स्थानीय भाषा बिबाह भनिने “ भ्या” उपन्यास प्रकाशित भएको छ । कर्णाली र सुदुर पश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा बिबाह गर्ने चलनलाई विषय बस्तु समेटेर भ्या उपन्यास प्रकाशित भएको हो ।

मुख्यगरि हिमाली जिल्ला हुम्लामा बिबाह गर्दा केटा पक्षले तानेर, फकाएर, मागेर र थान हाल्ने ( देउता सम्झने ) चलनलाई उजागर गर्दै उपन्यास भ्या प्रकाशित भएको लेखक बखत बहादुर शाहीले बताए ।

प्रत्येक कुरालाई स्थानीयले सुरु मै स्थानीय देवता सम्झने गरे जस्तै बिबाह गर्दा पनि देवता कै शरण पुग्ने परम्परागत चलनलाई उपन्यासले स्पष्ट रुपमा कतिपय हुम्ली भाषामा उजागर गरेको छ ।

उपन्यासमा केटीले एउटालाई मन पराउने तर अर्को केटाले देवताको थान हालेको कारण देवताको डर मान्दै ती केटीले मन पराएको केटा भन्दा पनि देवताको नाम लिएर दाना (जौ, उवा, चामल ) चढाएको केटासंग नै बिबाह गर्न बाध्य पारिएको कुरा उपन्यासमा स्पष्ट पारिएको छ ।

मुख्य देउताको बढी आशा गर्ने र न्याय पनि पाउन बिस्वासलाई पनि उपन्यासमा मुख्य बिषय बस्तु बनाईएको छ । हरेक कुरामा कानून भन्दा खोलाको चैन ठुलो मान्यतालाई पनि विषय बस्तु बनाईएको छ । त्यसैगरि उपन्यासमा मानसरोवर कैलाश जाने र राम्री केटि बर माग्ने कुरा पनि समेटिएको छ ।

गाउँमा कुनै बादबिबाद, समस्या, बिरामी लगाएतका समस्याहरु आए पहिले देवताको शरणमा पुग्ने चलनलाई पनि बाहिर ल्याउन प्रयत्न लेखकले गर्नु भएको छ । आमाकाे गर्भमा रहेकै अवस्थामा छोरी भए नाम राख्ने, बिबाहका लागि माग्ने कुरा पनि उपन्यासमा आएका छन् ।

मुख्य पात्रहरु देउमा र इन्द्र मार्फत धेरै कुरा बाहिर ल्याउने प्रयास लेखकले गर्नु भएको छ । शाहीको यो उपन्यास दोस्रो हो । पहिलो छोट्टी उपन्यास प्रकाशित भई सकेको छ । दुई सय पेज रहेको उपन्यास भ्याको मुल्य ५२५ रुपियाँ रहेको छ । हाल उपन्यासको दश हजार थान प्रकाशित भई सकेका छन